गुल्मी, जेठ १९ । गुल्मी आर्थिक अभावका कारण अलपत्र भएको कालिगण्डकी गाउँपालिका निर्माणधीन रोपवेको निर्माण कार्य सुरु भएको छ। ०७० फागुनमा सस्स्पेन्सन बृज डिभिजन कार्यालय र ग्राभिटी रोपवे निर्माण तथा उपभोक्ता समितिबीच रोपवे निर्माणको सम्झौता भएको थियो। तर, रकम अभावमा लामो समय बितिसक्दा पनि निर्माण सम्पन्न भएको थिएन ।
२१ लाख ४६ हजार ११४ रुपैयाँ सस्पेन्सन वृज डिभिजन कार्यालय र उपभोक्ता समितिले ती लाख ४४ हजार ८८१ गरी कुल २४ लाख ९० हजार ३२ मा निर्माण सम्पन्न गर्ने सम्झौता भएको हो। ग्राभिटी रोपवे निर्माण तथा उपभोक्ता समितिका सचिव पे्रमनारायण पाण्डेका अनुसार रोपवे निर्माणका लागि आवश्यक रोप भारतको कालकाताबाट ल्याउनुपर्ने बताए। यसअघि भूकम्प र नाकाबन्दीका कारण रोप ल्याउन नसकेकाले निर्माण कार्य ढिलो भएको उनलले बताए।
समितिले सस्पेन्सन बृजलाई नै आवश्यक रोप खरिद गरी दिन अग्रह गरिएको र रोप समेत आइसकेकाले निर्माण कार्य चाँडै सकिने समितिका उपाध्यक्ष बलबहादुर न्यौपानेले बताए। रकम अभावले काम ढिलो भए पनि कालिगण्डकी गाउँपालिकाले १० लाख रुपैयाँ सहयोग गर्ने भएपछि निर्माण कार्यले गति लिएको र असारभित्र कार्य सम्पन्न हुने सचिव प्रेमनारायण पाण्डेले बताए। तत्कालीन हर्मिचौर गाविस वडा नं. १ देखि २ जोड्न रोपवे निर्माण सुरु गरिएको हो। यातायातको अभाव भएकाल यस क्षेत्रमा उत्पादित वस्तुलाई बजारसम्म पुर्याउने उक्त रोपवे निर्माण सुरु गरिएको हो ।
हर्मिचौरमा विशेष गरी सुन्तला, काँक्रा, फर्सीलगायतका तरकारी उत्पादन धेरै हुने गरेको स्थानीय तिलक रानाले वताएका छन् ।-थाह खबर