गुल्मीको हिमालय माविमा विद्युतिय हाजिरी प्रणाली जडान

हुमाकान्त पोखरेल
०७ जेठ, गुल्मी । हिमालय माध्यमिक विद्यालय धुर्कोट गाउँपालिका वार्ड नम्बर ५ वस्तुमा वातावरणमैत्री सुचना प्रविधि जडान गरिएको छ । सोमबार एक कार्यक्रमको आयोजना गरी प्रविधिको जडान गरिएको हो । प्रविधि जडान भएकोले शिक्षकहरुले रजिष्टरमा हाजिरी गर्ने छैनन् । शिक्षकहरुको हाजिरी विद्युतिय प्रणालीमार्फत हुनेछ ।

मेसिनले शिक्षक विद्यालयमा आएको र गएको समय औँठाछापमार्फत रेकर्ड राख्ने गाउँपालिकाका सुचना प्रविधि अधिकृत देवराज आचार्यले जानकारी दिए । शिक्षकको विद्यालयको उपस्थिति समय इन्टरनेटको माध्यमबाट गाउँपालिकाको कार्यालयबाट समेत हेरिनेछ । धुर्कोट गाउँपालिकाले सामुदायिक शिक्षामा गुणस्तर बढाउनको लागि विद्युतिय हाजिरी जडान बताएको छ । पहिलो चरणमा गाउँपालिकाभित्रका ११ वटै माध्यमिक विद्यालय र आगामी बर्षसम्म सबै विद्यालयमामा यो प्रविधि जडान गर्ने प्रमुख प्रशासकिय अधिकृत लोकहरी थापाले बताए । त्यसका साथै गाउँपालिकाभित्रका सम्पूर्ण स्वास्थ्य सँस्थामा पनि आगामी बर्षसम्म विद्युतिय जडान गरिने उनले बताए ।

‘सामुदायिक विद्यालयको शैक्षिक नतिजा ज्यादै दयनिय छ ।’ उनले भने, ‘त्यसलाई सुधार गर्न यो प्रविधि जडान गरिएको छ ।’ गाउँपालिकाले विद्युतिय हाजिरी प्रणाली गाउँकार्यपालिकाको कार्यालयबाटै सुरुवात गरको हो । आइतबारदेखि गाउँपालिकाकै कार्यलयमा समेत प्रविधि जडान गरिएको अध्यक्ष भुपाल पोखरेलले बताए । गाउँपालिकाभित्रका हरेक गतिविधिलाई पारदर्शि बनाउदैँ नमुना गाउँपालिका बनाउने उदेश्यले वातावरणमैत्री सुचना प्रविधि जडान गरिएको उनले बताए । गाउँपालिकाका १७ जना कर्मचारीले पनि मेसिनबाटै हाजिरी गर्न सुरु गरेका छन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ