प्रभास अस्पतालको सेवा अब गुल्मीमै

प्रेम सुनार
गुल्मी, बैशाख–६ । लुम्बिनी मेडिकल कलेज पाल्पा प्रभासबाट पाउँदै आएको स्वास्थ्य सेवा सो अस्पतालले अब गुल्मी जिल्लाबाटै सेवा सुरु गरेको छ । गुल्मीको मुसिकोट नगरपालिकाको केन्द्र वामीटक्सारमा बुधवार देखि लुम्बिनी वामी अस्पतालका रुपमा सेवा सुरु गरेको हो । सो अस्पतालको एक समारोहका बिच श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज बिष्टले उद्घाटन गरेका थिए ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री बिष्टले उक्त कार्यको सह्रानिय रहेको र आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बचन दिएका थिए । मन्त्री बिष्टको आग्रहमा आफुले जिल्लामा सो अस्पतालको सेवा उपलब्ध गराउन पहल गरेको पाल्पाका प्रदेश संसद तथा प्रवास अस्पतालका डाक्टर पुरन बज्रचार्यले बताएका थिए । अस्पतालका अध्यक्षले अस्पताल नाफाका लागि मात्र नभई सेवा भावले सञ्चालन गरिएको र प्रवास अस्पताल ११ करोडको ऋण भारमा रहे पनि चुनौतिसँग सामना गर्दै अगाडी वढेको बताएका थिए । मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले १० वर्ष अघि देखि आफुहरुले सुरु गरेको पहल अहिले पुरा भएको बताएका थिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ