Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
गुल्मीको सिमलटारीमा तालिमसंगै नमुना पुल निर्माण - Gulminews

गुल्मीको सिमलटारीमा तालिमसंगै नमुना पुल निर्माण

टोपलाल अर्याल
गुल्मी, २८ गते। गुल्मीमा नमुना झोलुङ्गे पुल निर्माण गरिएको छ । जिल्ला प्राविधिक कार्यालय गुल्मी द्धारा सन्चालित क्षेत्रगत कार्यक्रम अन्र्तगत निर्माणधिन अवस्थामा रहेका आठ वटा झोलुङ्गे पुलका ३२ जना सहभागीहरुले आठ दिन लगाएर एउटा नमुना पुल तयार गरेका हुन् । तालिमसंगै जनशक्ति उत्पादन र काममा थप सहज बनाउने उदेश्यले उनीहरुबाटै पुल निर्माण गरिएको सेवक नेपाल नेपालगन्जका प्राविधीक अधिकृत नारायण प्रसाद डाँगीले बताए ।

गुल्मीको मालिका गाउँपालिका ८ को सिमलटारी स्थित छल्दीखोलामा निर्माण गरिएको नमुना झोलुङ्गे पुल ।

निर्माणाधिन आठवटै पुलवाट उपभोक्ता समितिका दुई जना र पुल मिस्त्रीवाट दुई जना गरी आठवटा पुलका ३२ जनाले पुल निर्माण गरेका हुन् । मालिका गाउँपालिका ८ को सिमलटारी स्थित छल्दीखोलामा निर्माण भएको नमुना पुल हेर्नेहरुको भिड नै लागेको स्थानीय कमल नेपालीले बताए । तालिम समापन कार्यक्रममा वोल्दै कार्यक्रमका प्रमुख अतिथी मालिका गाउँपालिका ८ का वडाअध्यक्ष टीका जि.सी.ले तालिम अत्यन्तै व्यावहारिक भएको प्रतिक्रिया दिए । ‘पुल मिस्त्री र उपभोक्ता समितिसगै राखेर तालिम दिँदा र पुल नै निर्माण गर्नुले धेरै राम्रो भयो,’उनले भने,‘यो तालिमपछि काममा थप हौसला र मजवुति देखिने छ ।’

त्यस्तै तल्लोपासे पुलका सचिव वावुराम खनालले यो जस्तो व्यावाहारीक तालिम जीवनमा पहिलो पटक लिएको बताए । तालिममा सहभागीहरुलाई निर्माण प्रक्रिया अन्तरगत जग खन्ने, ढुङ्गा कुद्ने, टावर निर्माण, पुल फिटिङ्ग साथै मर्मत सम्भारका बारेमा जानकारी दिइएको थियो । साथै सामाजिक पक्ष तर्फ योजना संचालन प्रक्रिया, निर्णय गर्ने तरिका, सार्वजनिक सुनुवाई, सार्वजनिक समिक्षा तथा सार्वजनिक लेखा परिक्षणका बारेमा सहभागीहरुलाई जानकारी गराइएको आयोजकले जनाएको छ ।

तालिममा सेवक नेपाल नेपालगन्जका प्राविधीक अधिकृत नारायण प्रसाद डाँगी र दयन्द्र राई र सृजनशिल सामुदायिक विकास केन्द्रका सव इन्जिनियर डिल्लीराज खनालले प्रशिक्षण दिएका थिए । तालिमको आयोजना जिल्ला प्राविधिक कार्यलय गुल्मी र आर्थिक तथा प्रशिक्षण सहयोग टि.वि.एस.यु.÷सेवक नेपाल नेपालगन्जले गरेको थियो ।

तालिमको सहकार्य तथा व्यवस्थापन सिर्जनशील सामुदायिक विकास केन्द्र गुल्मीले गरेको हो । तालिममा सत्यवती गाउँपालिकावाट पम्फुका–निगाले, मुसिकोट नगरपालिकावाट वैरेनी–ओर्गती, मालिका गाउँपालिकावाट लिलि¨–ट्रस पुल, रेसु¨ा नगरपालिकावाट तल्लोकपासे, मदाने गाउँपालिकावाट भिरटारी, दुईखोली–दोभान, छहरा–दोभिल्ला, झिमरुक झोलुङ्गे पुलको सामुदायिक सम्झौता भएको छ । केहि समयमै पुलनिर्माण कार्य अगाडी वढने सृजनशिल सामुदायिक विकास केन्द्रका सव इन्जिनियर डिल्लीराज खनालले वताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D