६ करोडको कारोबार गर्दै सकियो तेस्रो गुल्मी महोत्सवको

अनिल खत्री
२६ चैत गुल्मी ।  कृषि पर्यटन र उद्योगको व्यापार प्रर्वद्धन गर्न भन्दै गुल्मीमा चलेको तेस्रो गुल्मी महोत्सव सम्पन्न भएको छ । गुल्मी उद्योगवाणिज्य संघ गुल्मीको आयोजनामा गएको चैत १६ गते शुक्रवारबाट सुरु भएको महोत्सव सञ्चालन आएको थियो । ‘गुल्मी जिल्लाको सम्पन्नता र समृद्धिको निकास शिक्षा स्वास्थ्य,कृषि, पर्यटनमा आधारित व्यापारको विकास’ भन्ने नाराका साथ महोत्सव सञ्चालनमा थियो । हावा हुरिले तोकिएको समयमा उद्घाटन हुन नसकेपछी आयोजकले महोत्सवको मिति थपेर एक दिन लम्बाएको थियो ।
सदरमुकाम तम्घासमा ११ दिन सम्म चलेको महोत्सवमा गुल्मीमा उत्पादित बिभिन्न कृषि जन्य सामाग्रीहरुलाई मुख्य प्रथामिकता दिँदै ढिकी, जाँतो,मान्छेबाट कोल घुमाएर चिउरीको घिउ निकाल्ने,उखु पेल्ने, लगायत लोप उन्मुख हुन लागेका बिभिन्न पुराना सामाग्रीहरु प्रर्दशन गरिएको थियो । महोत्सवमा करिव १ लाख दर्शकले अबलोकन गरेको आयोजकले जनाएको छ । मेलामा कुल ६ करोड भन्दा वढीको कारोबार भएको बाणिज्य संघ गुल्मीका महासचिव ताराप्रसाद भुसालले जानकारी दिए ।
महोत्सवको अबसरमा बिभिन्न औधोगित क्षेत्रबाट उत्पादित सामाग्रीहरुसँगै गुल्मी जिल्लामा बिभिन्न जाती बिशेष रहेका खाना परिकारहरु,बिभिन्न सँस्कृति झल्कीने झाँकीहरु पनि प्रर्दशन गरिएको थियो । वाणिज्य संघ गुल्मीले प्रत्येक २ वर्षको अन्तरालमा महोत्सव गर्दै आएको छ ।
महोत्सव मार्फत जिल्लामा लुकेर रहेका साहित्य, संगित, कला, कौशल सिपको संरक्षण सम्बर्धन गर्ने, परम्परागत भेषभुषाहरुलाई उजागर गर्ने उदेश्यले महोत्सव मार्फत नयाँ प्रतिभालाई प्रोत्साहन स्वरुपमा यस्ता कार्यक्रम राखिएको महोत्सव मुल आयोजक समिति संयोजक एबं बाणिज्य संघ गुल्मीका अध्यक्ष दुर्गाप्रसाद पाण्डेयले जानकारी दिए । जिल्लामा रहेका ऐतिहासिक, पौराणिक, धार्मिक एवं पर्यटकीय क्षेत्रहरुको प्रवर्धन र प्रचार प्रसार गरी गुल्मीलाई पर्यटकीय गन्तव्य क्षेत्रको रुपमा विकास गरी जिल्लाको समग्र आर्थिक सामाजिक विकासमा टेवा पु¥याउने विविध उद्देश्यका साथ महोत्सव गरिएको बाणिज्य संघ गुल्मीका अध्यक्ष दुर्गाप्रसाद पाण्डेयले बताए ।
महोत्सवमा जिल्लामा उत्पादन हुने कफी, सुन्तला, तरकारी, माहुरी, च्याउ,माछा,लगायतका अरू कृषिजन्य सामग्री तथा सेरामीक्स, बाँस तथा निगालोबाट बन्ने सामग्रीहरूलाई उच्च प्राथामिकताका दिँइएको थियो ।   महोत्सवमा २ सय ८० स्टल रहेका थिए । कुल स्टल मध्ये ४० वटा स्टलहरुमा कृषि जन्य उत्पादित सामाग्रीहरु तथा बिउ बिजनहरु,बाँस तथा निगालो,सेरामिक्सबाट बनेका सामाग्रीहरु राख्न आयोजकले निशुल्क प्रदान गरेको स्टल संयोजक बाणिज्य संघ गुल्मीका सचिव बिरेन्द्र भुसालले जानकारी दिए ।
अरु बाँकी स्टलहरुमा औधोगिक क्षेत्रबाट उत्पादित सामाग्रीहरु,कपडा राखिएको थियो । जिल्लाको सदरमुकाम तम्घासमा चलेको महोत्सवबाट जिल्लाको कृषि,घरेलु औधोगिक प्रर्बद्धन सगै रेसुंगा, रुरु, कंकेदेउराली, मालिका र कुर्घाको स्वा“रा, शान्तिपुरको टिमुरे ताल सहितका पर्यटकीय क्षेत्रहरुको प्रर्बद्धन र प्रचार प्रसार महत्वपुर्ण उदेश्य रहेको वाणिज्य संघ गुल्मीका महासचिव ताराप्रसाद भुसालले बताए ।
महोत्सवमा थप आकर्षक बनाउनको लागी भन्दै २ दिन सम्म हेलिकप्टरको व्यवस्था गरिएको थियो । हेलिकप्टर द्धारा गुल्मी जिल्लाका ऐतिहासिक, पर्यटकिय, धार्मिक स्थलहरुको दृश्याबोलकन गर्न सकिने व्यबस्था मिलाइएको बाणिज्य संघ गुल्मीका पूर्व अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए ।

महोत्सव सम्पन्न गर्न र थप प्रभावकारी बनाउनको बिभिन्न २६ वटा उपसमिति गठन गरेका काम गरिएको थियो । तम्घास स्थित चिदीचौर खेल मैदान र महेन्द्र माबिको खेल मैदान प्रयोग भएको थियो ।
चिदीचौर खेल मैदानमा जिल्ला स्थित उत्पादन हुँने कृषि जन्य समाग्रीहरु,मनोरञ्जनात्म पिङ्ग लगायत  बिभिन्न औद्योगित क्षेत्रबाट उत्पादित सामाग्रीहरुको बिक्री बितरणको लागी राखिएको थियो ।
महेन्द्र माबिको खेल मैदानमा साँस्कृतिक कार्यक्रमहरु राखिएको थियो ।  महोत्सवबाट आम्दानी भएको रकम मध्ये ४० प्रतिशत सामाजिक क्षेत्रमा र बाँकी ६० प्रतिशत बाणिज्य संघको आम्दानीमा राखिने आयोजकले जनाएको छ । महोत्सवको उद्घाटन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाललीले गरेका थिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D