नेत्र ज्योति दिवसको अवसरमा बिरामीलाई फुलफुल वितरण

टोपलाल अर्याल
गुल्मी, १३ चैत। ४० औ नेत्र ज्योति दिवसको अवसरमा नेपाल नेत्र ज्योति संघ गुल्मीले बिरामीहरुलाई फुलफुल वितरण गरको छ । दिवसको अवसरमा नेपाल नेत्र ज्योति संघ गुल्मीले ११ चैतमा आखाको अप्रेशन गरेका १८ जना बिरामीहरुलाई फुलफुल बितरण गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथी रेसुंगा नगरपालिकाका मेयर डिल्लीराज भुसालले सहितका व्यक्तिहरुले बिरामीलाई फुलफुल वितरण गरेका थिए । कार्यक्रममा बोल्दै मेयर भुसालले विभिन्न कारण आखाँका ज्योति गुमेकाहरुलाई संसार देखाइदिने नेपाल नेत्र ज्योति संघ गुल्मी, डाक्टरहरुको टोलीलाई आभार व्यक्त गरे । ‘उपचार पाएकोमा बृद्ध बाबा आमा खुसी देखे,’भुसालले भने,‘ आँखा गुमाएर जीवन झनै कष्टकर बनेका बृद्धबृद्धाको आशिषले सबैको भलो हुनेछ ।’ उनले हिजो भैलो खेलेर स्थापना गरेको यो संस्थाले गुल्मी र अर्घाखाँचीका धेरैलाई नव जीवन प्रदान गरेकोमा खुसी व्यक्त गरे । नेपाल नेत्र ज्योति संघ गुल्मी बिस २०४७ सालमा स्थापना भएको थियो ।

कार्यक्रमको सहजीकरण गर्दै सस्थाका सचिव अखिलेश्वर प्रसाद पाण्डेयले सदरमुकाम र वामी तथा शान्तिपुर शाखाबाट धेरैले सहज सेवा पाइरहेको जानकारी दिए । पाण्डेयका अनुसार प्रत्येक महिनाको ११ र १२ गते बिशेषज्ञ डाक्टरहरु द्धारा आँखाको अप्रेशन गर्ने व्यावस्था समेत नेपाल नेत्र ज्योति संघ गुल्मीले मिलाएको छ । साथै संस्थाले गाउँमा धेरै पटक निशुल्क स्वास्थ्य शिविर र केहि ठाउँमा निशुल्क प्राविधिक सेवा गरेर सामाजिक कार्यमा उल्लेख्य भुमिका निर्वाह गरेको उनले बताए ।

भर्खर गुल्मी, पाल्पा र अर्घाखाँची हेर्ने गरि नेपाल नेत्र ज्योति संघमा आएकी नेत्र बिशेषज्ञ डाक्टर अन्जिता हिराचनलाइ गुल्मीमा संस्थाको तर्फबात स्वागत गरिएको छ । डाक्टर हिराचनलाई नगर प्रमुख भुसालले गुल्मेली मायाको चिनो र फुलमालाद्धारा स्वागत गरेका थिए । कार्यक्रम नेपाल नेत्र ज्योति संघ गुल्मीका सभापति शेर बहादुर थापाको अध्यक्षता, सदस्य कृष्ण प्रसाद पोखरेलको स्वागत तथा सचिव पाण्डेयको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा गुल्मी उद्योग बाणिज्य संघका अध्यक्ष दुर्गा प्रसाद पाण्डेय, नेपाल क्षयरोग निवारण संस्थाका अध्यक्ष जगन्नाथ गौतम, आयोजक संस्थाका सदस्य गुणनिधी शर्मा, धना भण्डारी, कार्यालय प्रमुख सुर्य बस्नेत लगायतको उपस्थिती रहेको थियो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ