गुल्मीकी धना भण्डारी शिक्षक संघको उपमहासचिममा निर्वाचित

प्रेम सुनार
गुल्मी चैत्र–५ । नेपाल शिक्षक संघको आठौ महाधिवेशनले गुल्मीकी शिक्षक धना भण्डारीलाई केन्द्रिय समितिको उपमहासचिवमा निर्वाचित गरेको छ । चैत्र १ देखि काठमाण्डौमा चलेको संघको महाधिवेशमा केन्द्रिय सदस्य रहेकी भण्डारील उक्त पदमा उमेदवारी दिएकी भण्डारीलाई निर्वाचित गरेको हो । सो पदका लागि वझाङ्गकी विन्दा थापाले पनि उमेदवारी दिएकी थिईन । उनलाई भारी मतले भण्डारीले पराजित गरी निर्वाचित भएकी हुन् ।

संघको अध्यक्षमा राजेन्द् राज पौड्याल विजयी भएका छन् । २०५३ साल देखि नेपाल शिक्षक संघ गुल्मीमा सक्रिय भएकी भण्डारी जिल्ला सदस्य हुँदै प्रदेश र केन्द्रिको उक्त जिम्मेवार पदमा पुगेकी हुन् । रेसुङ्गा माध्यामिक विद्यालय तम्घासमा अध्यापन गराउने भण्डारी नेपाली कांग्रेसका पुर्व पार्टी सचिव स्वर्गिय फणिन्द्र भण्डारीकी धर्मपत्नी हुन ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ