गुल्मीका पर्यटकीय स्थल ओझेलमा

शिवलाल शुबेदी
गुल्मी । प्रशस्त सम्भावना भएका गुल्मीका पर्यटकीय स्थलहरु ओझेलमा परेका छन। जिल्लामा बिभिन्न ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलहरु धेरै भएपनि संरक्षण र प्रचार प्रसार हुन नसक्दा पर्यटकीय स्थलहरु अझैसम्म पनि ओझेलमा परेका हुन।

ऐतिहासिक, धार्मिक तथा बिभिन्न सांस्कृतिक महत्व बोकेका सम्पदा तथा प्राकृतिक सम्पन्न जिल्लाका यस्ता स्थलहरू संरक्षण र प्रचार प्रसारको अभावमा ओझेलमा परेको सदरमुकाम तम्घासमा आयोजित एक कार्यक्रममा बोल्नेहरूले जिल्लाका थुप्रै पर्यटकीय स्थलहरु आझेलमा परेको बताएका हुन्।

जिल्लाको धरोहरका रुपमा रहेको पर्यटकीय स्थल रेसुङ्गाको पर्यटकीय गुरुयोजना निर्माण गर्नका लागि सृजनशिल सामुदायिक विकास केन्द्र गुल्मीले आयोजना गरेको एक कार्यक्रममा बोल्नेहरुले गुल्मीमा ऐतिहासिक,धार्मिक तथा बिभिन्न सांस्कृतिक सम्पदा तथा प्राकृतिक रुपले सम्पन्न पर्यटकीय स्थलहरु उचित संरक्षण र प्रचारप्रसारको अभावमा ओझेलमा परेको बताए।

रेसुङ्गाको नामले गुल्मेलीहरूलाई चिनाए पनि गुल्मेलीले नै रेसुंगालाई चिन्न नसकेको नेपाली कांग्रेस गुल्मीकी प्रवक्ता विष्णुकुमारी सापकोटाले बताइन। रेसुङ्गाको नामले नेपालका बिभिन्न स्थानहरूमा गुल्मीलाई चिनाएको छ सापकोटाले भनिन‘ तर हामीले रेसुङ्गाको मात्र उचित संरक्षण र प्रचार प्रसार गर्न नसकेकाले पछाडी परेका छौ।’ जिल्ला बन अधिकृत कृष्ण न्यौपानेले रेसुङ्गाको विकासका लागि पहिले हाम्रो बानीमा विकास गर्न जरुरी रहेको बताए।

बिदामा घुम्न र मनोरञ्जन गर्न बाहिरी जिल्ला जान खोज्ने अनि कसरी गुल्मीको पर्यटकीय विकास हुन्छ न्यौपानेले भने‘ रेसुंगा मात्र नभएर गुल्मीका धेरै ऐतिहासिक तथा पर्यटकीय स्थलहरु पछाडी परेका छन्।’ कार्यक्रममा बोल्दै पत्रकार शिवलाल सुवेदीले रेसुंगा स्थानीयकै मानसिकताका कारण पछि परेको आरोप लगाए । उनले रेसुंगाको बढी चिन्ता गर्नुपर्ने सदरमुकाम र आसपासका मान्छे नै रेसुंगा प्रति सकरात्मक छैनन् उनले भने‘ पैसावाला धेरैका वुटवल काठमाडौंमा घर छन, यहाँको बारेमा कहिल्लै केही सोच्दैनन्।’

यता लामो समय रेसुंगा संरक्षण समितिको अध्यक्ष पदमा रहेर काम गरेका रेसुंगा नगरपालिका ८ का रुद्रबहादुर भुजेलले केहि समयमै रेसुंगाको विकास गर्न नसके भोली गुल्मीको पहिचार र तम्घास र आसपासको अस्तित्व हराएर भएर जाने बताए। यस्तै रेसुंगा बहुमुखी क्याम्पसमा पूर्व क्याम्पस प्रमुख दिन पन्थीले गुरु योजना विना निर्माण गरिएका संरचनाले रेसुंगाको विकासको नाममा रेसुंगाको प्राकृतिक तथा जैविक सौन्दर्यता मासिदै गएको बताए।

‘गुरुयोजना निर्माण र विकासका लागि थुप्रै समय बितायौ,’उनले भने,‘सबैले मनदेखि काम थालिएन अहिलेको बहस र कामले पनि त्यति अर्थ राख्दैन्।’ उनले रेसुंगालाई धर्म र मनोरञ्जनसँग जोडेर विकास गरे मात्रै आन्तरिक तथा बाह्य पर्यटनको सम्भावना रहेको औल्याए। त्यस्तै पन्थीले रेसुंगासँग तम्घासका मानिसहरुको जीवन जोडिएकाले सबै पक्षलाई ख्यालमा राखेर काम गर्नुपर्नेमा जोड दिए।

गुल्मीका बिभिन्न स्थानहरू जस्तै अर्जुन, गुल्मी दरबार, धुर्कोट कोट, विचित्र गुफा, कंङ्के देउराली, इस्माकोट, मुसीकोट, चन्द्रकोट, कुर्घामालिका, रुद्रवेणी, टिमुरे ताल तथा पर्यटकीय महत्व राख्ने पाल्पा र अर्घाखाँचीका केही स्थानलाई समेत समेटी रुरु–रेसुङ्गा टुरिजम जोेनको रूपमा एकीकृत ढङ्गबाट विकास गर्नुपर्ने अहिलेको आवश्यकता भएको पर्यटक सम्बन्धी जानकारी भरत चन्दले बताए। रेसुङ्गा क्षेत्रभित्र पूर्वाधार विकास, प्राचीन, ऐतिहासिक, धार्मिक, सामाजिक तथा पुरातात्विक महत्वका वस्तु र स्थानहरुको संरक्षण, सम्वर्धन गरी तिनको प्रचार प्रसार गुरु योजना भित्र पर्नुपर्ने आवश्यकता रहेको उनले जोड दिए।

जिल्लाको रुरु क्षेत्रमा प्राचीन शैलीमा निर्माण गरिएका बिभिन्न मठ मन्दिर, कलात्मक रुपमा बनाइएको गुल्मी दरबार, रेसुङ्गा क्षेत्रमा रहेको यज्ञशाला मन्दिर, काठले मात्र पोखरीमा निर्माण मन्दिर, धुर्कोट दरबार, मुसिकोट दरबार, चन्द्रकोट दरबार, सिद्धवावा मन्दिर, टिमुरे ताल, कन्के देउराली, मदाने, थाप्ले लेक, मालिका मन्दिर, बिचित्र गुफा, छत्रकोट मन्दिर, जिल्लाकै एक मात्र गुरुङ्ग होमस्टे लगायतले पर्यटकहरुलाई आकर्षण गर्ने स्थानहरु भएपनि स्थानीयको अग्रसरता र उचित सरक्ष्ण तथा प्रचार प्रसारका अभावमा गुल्मी ओझेलमा परेको हो। यदुकानन्दले वि.सं. १९८३ मा बनाएको सुनको गजुर र तामाको छाना भएको प्यागोडा शैलीमा निर्मित यज्ञशाला रेसुङ्गाकै सबैभन्दा ठूलो मन्दिर हो।

यो आन्तरिक तथा बाह्य पर्यटकको लागी निकै आर्कषक रहेको छ। साथै जिल्लामा आउने आन्तरिक तथा वाह्य पर्यटकहरूका लागि उचित बास बस्ने राम्रो होटल तथा लजको राम्रो व्यवस्था नहुँदा पनि केही पर्यटकहरु गुल्मी आउन नसकेका हुन। रेसुंगाको पर्यटकिय गुरुयोजना निर्माणको लागि रुरु रेसुङ्गा क्षेत्र संरक्षण तथा पर्यटन विकास समितिले सृजनशिल सामुदायिक विकास केन्द्र गुल्मीलाई जिम्मा दिएको हो।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ