Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
गुल्मीका ४८सय बिद्यार्थी माध्यामिक शिक्षा परिक्षा दिँदै - Gulminews

गुल्मीका ४८सय बिद्यार्थी माध्यामिक शिक्षा परिक्षा दिँदै

अनिल खत्री
२८ फागुन गुल्मी । आउदो चैत ८ गतेबाट २० गते सम्म सञ्चालन हुने सुरु हुने माध्यामिक शिक्षा परिक्षा (एसईई) कक्षा १० को परिक्षामा यस वर्ष गुल्मी जिल्लाबाट ८८ जना बिद्यार्थी परिक्षा दिनबाट बञ्चित भएका छन् । बञ्चित हुने मध्ये ७५ प्रतिशत हाजिर नपुगेका तथा विभिन्न कारणले बिद्यालय छोडेका बिद्यार्थी परिक्षा दिनबाट बञ्चित भएको गुल्मीका जिल्ला शिक्षा अधिकारी टिकाराम शर्माले जानकारी दिए ।
see exam slcगत बर्ष १ सय १७ जना बिद्यार्थी परिक्षा दिनबाट बञ्चित भएका थिए । यस वर्ष गुल्मी जिल्लाबाट नियमित तर्फ ४ हजार ८ सय ८८ जना बिद्यार्थीले माध्यामिक शिक्षा परिक्षा कक्षा– १० को परिक्षा दिदैछन् ।
एक्जाम्टेड तर्फ ६८ जना बिद्यार्थी परिक्षामा भाग लिने जिल्ला शिक्षा कार्यालय गुल्मीले जनाएको छ । प्राविधिक तर्फ भने ९७ जना बिद्यार्थीले परिक्षा दिने भएको जिल्ला शिक्षा अधिकारी शर्माले बताए ।
परिक्षा सञ्चालन गर्न जिल्ला विभिन्न स्थान २७ परिक्षा केन्द्र तोकिने भएको छ । गत बर्ष तोकिएकै केन्द्र संख्यालाई यस वर्ष पनि कायम राखिने भएको हो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D