नेविसंघ रेसुङ्गा बहुमुखी क्याम्पस गुल्मीको इकाई अधिवेशन फागुन ३० मा

रमेश वि.क.
गुल्मी, फागुन १५ । नेपाल विद्यार्थी संघ रेसुङ्गा बहुमुखी क्याम्पस गुल्मीको इकाई अधिवेशन फागुन ३० गते हुने भएको छ। मंगलबार बसेको इकाई समितिको बैठकले अधिवेशनको मिति तोकेको हो।

बिपि स्मृति भवन तम्घास गुल्मीमा सम्पन्न उक्त बैठकले इकाई अधिवेशन सफल पार्नको लागी विभिन्न विषयमा छलफल समेत गरेको थियो ।

बैठकले अधिवेशन भव्य र सभ्य रुपमा सफल बनाउनको लागी नेविसंघसंग आबद्ध सम्पूर्ण विद्यार्थी साथीहरुलाई महत्वपूर्ण जिम्मेवारी दिने निर्णय समेत गरिएको थियो।

बैठकमा नेपाली काँग्रेस गुल्मीका जिल्ला सदस्य महेन्द्र प्रसाद भण्डारी, नेविसंघ केन्द्रिय सदस्य सुदर्शन खनाल, इकाई समितिका सम्पूर्ण विद्यार्थी साथीहरु र कक्षा इकाई समितिका सम्पूण विद्यार्थी साथिहरुको समेत उपस्थित समेत रहेको थियो।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ