अनिल खत्री
गुल्मी फागुन २ । आगामी चैत १६ देखि २५ गते सम्म सञ्चालन हुँने तेस्रो गुल्मी महोत्सवमा २ सय स्टल रहने भएका छन् । कृषि पर्यटन र उद्योगको व्यापार प्रर्वदन गर्न भन्दै गुल्मीमा यहि आउँदो चैत १६ गते देखि २५ गते सम्म तेस्रो गुल्मी महोत्सव हुँदैछ । गुल्मी उद्योग वाणिज्य संघ गुल्मीको आयोजनामा हुने महोत्सवको ‘गुल्मी जिल्लाको सम्पन्नता र समृद्धिको निकास शिक्षा स्वास्थ्य,कृषि, पर्यटनमा आधारित व्यापारको विकास’ भन्ने नाराका तय गरिएको छ ।
महोत्सव सम्पन्न गर्न र थप प्रभावकारी बनाउनको बिभिन्न २६ वटा उपसमिति गठन भएको वाणिज्य संघ गुल्मीका अध्यक्ष दुर्गाप्रसाद पाण्डेयले जानकारी दिए । महोत्सवलाई तम्घास स्थित चिदीचौर खेल मैदान र महेन्द्र माबिको खेल मैदान प्रयोग हुँने भएको छ ।
चिदीचौर खेल मैदानमा जिल्ला स्थित उत्पादन हुँने कृषि जन्य समाग्रीहरु,मनोरञ्जनात्म पिङ्ग लगायत बिभिन्न औद्योगित सामाग्रीहरुको बिक्री बितरणको लागी राखिने भएको छ । त्यस्तै महेन्द्र माबिको खेल मैदानमा साँस्कृतिक कार्यक्रमहरु राखिने भएको छ । महोत्सव सम्पन्न गर्न राखिएका सबै स्टलहरु बुकिङ्ग भईसकेको बाणिज्य संघका महासचिव ताराप्रसाद भुसालले जानकारी दिए । महासचिव भुसालका अनुसार केहि स्थानिय उत्पादनका सामाग्रीहरु राख्न कोलागी बाँकी राखिएको र अरु धेरै जसो स्टल बुकिङ्ग भईसकेको बताए ।
जिल्लाको सदरमुकाम तम्घासमा १० दिन सम्म चल्ने महोत्सवबाट गुल्मी जिल्लाको कृषि,घरेलु औधोगिक प्रर्बद्धन सगै रेसुंगा, रुरु, कंकेदेउराली, मालिका र कुर्घाको स्वा“रा, शान्तिपुरको टिमुरे ताल सहितका पर्यटकीय क्षेत्रहरुको प्रर्बद्धन र प्रचार प्रसार महत्वपुर्ण उदेश्य रहेको वाणिज्य संघ गुल्मीका महासचिव ताराप्रसाद भुसालले जानकारी दिए ।
वाणिज्य संघ गुल्मीले प्रत्येक २ वर्षको अन्तरालमा महोत्सव गर्दै आएको छ । महोत्सवमा गुल्मीमा उत्पादन हुने कफी, सुन्तला, तरकारी, माहुरी, च्याउ लगायतका अरू कृषिजन्य सामग्री तथा सेरामीक्स, बाँस तथा निगालोबाट बन्ने सामग्रीहरूलाई उच्च प्राथमिकताका दिँदै आएको छ ।