अनिल खत्री
गुल्मी माघ १८ । कफी किसानलाई बिभिन्न रोगको समस्या आएसँगै गुल्मीमा एक दिने तालिम सम्पन्न भएको छ । जाइका र चिया तथा कफी बिकास बोर्डको आर्थिक सहयोग र जिल्ला सहकारी संघ गुल्मीको समन्वयमा व्याबसायिक कफी उत्पादन उत्प्रेरण तथा मोकुसाकु–ऐकी तालिम राखिएको हो ।
तालिमामा जिल्ला स्थित बिभिन्न स्थानका कफी किसानहरुको सहभागित रहेको थियो । गुल्मीको अर्गानीक कफी उत्पादन गर्नेमा नेपालकै परिचित मानिन्छ । अर्गानिक कफी उत्पादनमा गवारो र सिन्दुरे रोगले किसानलाई सताउन थालेसँगै जाइकाले घरेलु बिधीबाट मोकुसाकु–ऐकी औषधी उत्पादन गर्ने तालिम दिएको हो ।
मोकुसाकु–ऐकी बिधीबाट घरमै औषधी उत्पादन गर्न सकिने बिधी बारे तालिम दिएको थियो । जापानबाट आएका २ जना प्राबिधकले कफि किसानलाई मोकुसाकु–ऐकी बनाउने बारे प्राटिकल रुपमै सिकाएका थिए ।
जापानमा मोकुसाकु–ऐकी बिधीबाट उत्पादीत औषधीले राम्रो काम गर्दै आएसँगै नेपालको स्याङजा जिल्लामा यो प्रबिधिले किसानलाई औषधी उत्पादन बारे तालिम दिइएको थियो । मोकुसाकु–ऐकी बिधीबाट उत्पादीत औषधीले कफीमा लागेको सिन्दुरे र गवारो अर्गानिक बिधीबाटै नियन्त्रण हुने जापानी प्राबिधिकहरु बताएका छन् ।
उनिहरुले यो बिधीले गुल्मीमा रहेका कफी किसानको सिन्दुरे र गवारो नियन्त्रणमा आई कफी उत्पादनमा बृद्धि जापानी प्राबिधिक आएका शेर्पाले बताइन् । तालिममा उनले भनिन ‘मैले गुल्मीको अर्गानिक कफी उत्पादनमा किसानहरुमा सिन्दुरे र गवारो बारे थाहा पाए त्यसको नियन्त्रण गर्न हामीले यो प्रबिधि ल्यायौं ।’ उनले गुल्मीको कफी स्वादीलो रहेको बताइन् । सिन्दुरे र गवारो नियन्त्रणमा उत्पादन गरिने औषधी झन झटिलो नरहेकाले यसको घरमै उत्पादन गरेर कफी किसानहरुले फाइदा लिन आग्रह गरिन ।
ग्यास सिलिन्डर विस्फोटमा घाइते चन्द्र भण्डारीकी आमाको निधन
ग्यास सिलिन्डर लिक भइ आगलागी हुँदा घाइते भएकी गुल्मी – १ का संसद डा. चन्द्र