गुल्मी, माघ १० । राष्ट्रिय बाणिज्य बैंकको शाखा कार्यालय गुल्मीले ५२ औं वाषिर्कोत्सवको अवसरमा कर्मचारी र सेवाग्रहीबीच शुभकामना आदानप्रदान गरेको छ ।
स्थापनासँगै बैकले ५३ औं वर्ष प्रबेशको अवसरमा बुधवार सदरमुकाम तम्घास स्थित आफ्नै कार्यालयमा शुभकामना आदान प्रदान गरेको हो ।
बैकले कर्मचारी र सेवाग्राहीबीच राखिएको शुभकामना आदानप्रदान कार्यक्रममा गुल्मी उद्योग वाणिज्य संघ गुल्मीका अध्यक्ष दुर्गाप्रसाद पाण्डेयले बैंकले दिएको सेवाहरुको प्रशंसा गर्दै आगामी दिनहरुमा अझ बढी सेवासहित काम गर्नुपर्ने बताए ।
सरकारी बैंकले सरकारी कामसँगै जनताका कामहरुमा निकै महत्वपूर्ण भूमिका खेलेको अध्यक्ष पाण्डेयले बताए ।
कर्मचारी र सेवाग्रहीहरुसँग शुभकामना दिँदै बैकमा शाखा प्रमुख हरिप्रसाद पाण्डेयले गुल्मी जिल्लामा यस बैंकको स्थापनाले धेरै सेवाग्रारी लाभाम्वित भएको बताए ।
राष्ट्रिय बाणिज्य बैंकको गुल्मी शाखा २०२३ साल जेष्ठ २९ गते स्थापना भएको थियो । सरकारी बैंक भएकाले सेवा दिने सवालमा कुनै कमी नराखिएको प्रमुख पाण्डेयले बताए ।
‘हामीले जनताको सेवा दिनको निम्ति अधिकतम छिटो छरितो तरिकाले दिने उदेश्यले सेवा प्रदान गरेका छौ,’ प्रमुख पाण्डेयले भने, ‘आगामी दिनमा अझ बढी सुधार गरेर अघि बढ्नेछौ ।’







