गुल्मीको रुरु क्षेत्रमा गण्डक स्नान गर्नेको बिहानैदेखि भीड

घनश्याम गौतम
गुल्मी, माघ १ । चार मध्येको एक धाम मानिने गुल्मीको रिडीस्थित रुरु क्षेत्र धाम र कालीगण्डकी किनारमा सोमबार बिहानैदेखि गण्डक स्नान गर्नेहरुको भीड लागेको छ ।

झण्डै १० डिग्रीको जाडोमा पनि ६०/७० वर्ष उमेर समूहका बृद्धबृद्धाहरुले बिहानैदेखि कालीगण्डकी किनारमा स्नान गरेका छन् । गुल्मी, पाल्पा र स्याङ्जा तिन जिल्लाको संगमस्थल रहेको रुरु क्षेत्रमा रहेको कालीगण्डकी स्नान गरी ऋषिकेश, रुरु कन्या र भृङ्गतुङ्गेश्वर महादेवको दर्शन गरेमा मोक्ष प्राप्त हुने जनविश्वास छ ।

सङ्क्रान्तिको पहिलो दिनलाई जेठी, दोस्रो दिन माईली र तेस्रो दिन कान्छी सङ्क्रान्ति मानेर गुल्मीको कालीगण्डकी किनारमा स्नान गर्ने परम्पराका कारण पनि आज मकर सङ्क्रान्तिको अवसरमा गण्डक स्नान गर्ने बृद्धबृद्धाहरुको भीड लाग्ने गर्दछ ।

धार्मिक महत्वले मुक्ति क्षेत्र, पशुपति क्षेत्र, बराह क्षेत्र पछि रुरु क्षेत्र मानिन्छ । कालिगण्डकी किनारमा शालिकराम पनि बढी फेला पर्ने भएकाले रुरु क्षेत्रको कालीगण्डकी किनारमा स्नान गर्नेको बढी भीड लाग्ने पुजारी केशव भट्टराईले बताए ।

आज गण्डक स्नान गर्न गुल्मी र पाल्पाको संगमस्थल रुरु क्षेत्रमा गुल्मी, अर्घाखाँची, पाल्पा, बाग्लुङ्ग, रुपन्देही लगायत नेपालका विभिन्न जिल्ला र भारतबाट समेत तीर्थयात्रीहरु आउने गर्दछन् । आजबाट सुरु भएको रुरु क्षेत्रको धार्मिक मेला बुधबारसम्म चल्ने गर्दछ ।

स्थानीय युवा क्लबको आयोजना भएको सांस्कृतिक मेला भने ५ दिनसम्म चल्ने आयोजकले जनाएको छ ।

गुल्मीको रुरु क्षेत्रसँगै रुद्रवेणी, अर्वेनीको सेतीवेणी, हस्तिचौरको छल्दी, छापहिलेको लेकपोखरा लगायतका स्थनामा पनि मकर सङ्क्रान्ति मेला लागेको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ