डा. केसीको रिहाईको माग गर्दै नयाँ शक्ति गुल्मीको प्रधानमन्त्रीलाई ध्यानकर्षण

अनिल खत्री
गुल्मी पुस २५ । अनशनरत डाक्टर गोबिन्द्र केसीलाई गिरफ्ताको बिरोध गर्दै नयाँ शक्ति पार्टी नेपाल गुल्मी प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको छ । मंगलवार जिल्ला प्रशासन गुल्मी मार्फत नयाँ शक्ति पार्टी नेपाल गुल्मीका सहसंयोजक घनश्याम पाण्डेय द्धारा हस्ताक्षरित ज्ञापनमा पत्र प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाईज्ञापन पत्र पठाएका हुन् ।

प्रधान मन्त्रीलाई पठाइएको ज्ञापन पत्रमा मेडिकल शिक्षा सुधार,स्वास्थ सेवामा सबै नेपालीको पहुँच साथै सुशासनको माग राखी संघर्षरत डा. गोबिन्द केसीलाई अदालतको मानहानी गरेको आरोपमा गिरफ्तार गरि हिरासतमा राखिएको प्रती नयाँ शक्ति पार्टी नेपाल गुल्मी दुःखित भएको उल्लेख छ । सम्मानित अदालतको गरिमाको जगेर्ना गर्नु सबै नागरिकको दायित्व रहेको जनाएको छ ।
nayashakti nepal
ज्ञापनपत्रमा लोकतन्त्रको सस्थागत बिकासका लागि निष्पक्ष र स्वतन्त्र न्यायपालिकाको अहम भुमिका रहन्छ भन्ने कुरामा हामी प्रतिबद्ध रहेको जनाएका छन् । मेडिकल क्षेत्रमा भएका बिकृती र बिसङ्गती बिरुद्द संघर्षरत डा.केसीका सबै अभियानमा हाम्रो एक्यवद्धता रहेको जनाएका छन् ।

डा. केसी माथी लगाईएका जुन आरोपहरु छन तिनको यथार्थ र बस्तुपरक छानबिन गरि न्यायोचित निष्कर्ष निकाल्न र डा. केसीलाई तुरुन्त रिहा गरी लोकतन्त्रको आभास नेपाली जनतालाई गराउनु माग राखेका नयाँ शक्ति पार्टी नेपाल गुल्मीका सचिवालय संयोजक जनक पन्थले जानकारी दिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ