रक्सी नियन्त्रण गर्न धुर्कोट गाउँपालिकाले ल्यायो यस्तो कडा नियम

हुमाकान्त पोखरेल
१५ पुस, गुल्मी । गुल्मीको धुर्कोट गाउँकार्यपालिकाले मदिरासम्बन्धि नयाँ नियम परित गरेको छ । गाउँकार्यपालिकाकोे शुक्रबार बसेको बैठकले गाउँपालिकाले तोकेको समयभन्दा बहिर मदिरा सेवन वा विक्रि गर्नेलाई जरिवाना तोकेको छ ।

यसअन्तर्गत पहिलो पटक पाचँ सय, दोस्रो पटकको लागि एक हजार र तेस्रो पटक पनि मदिरा सेवन गरेमा पाचँ हजार जरिवाना रकम तोकिएको छ । त्यस्तै धुर्कोट गाउँपालिकाभित्र रहेका सम्पूर्ण मदिरा ब्यापारीको तथ्याङ्क माग मसान्त भित्र गाउँपालिकाले संकलन गर्ने निर्णय पनि बैठकले गरेको प्रवक्ता कविता विकले जानकारी दिइन् । गाउँपालिकाभित्र कुनै पनि खुद्रा ब्यापारीले

लाइसेन्स नभएको कुनै मदिरा ब्यपारीलाई मदिरा विक्रि गरेमा त्यसबाट पनि जरिवाना उठाउने निणर्य गाउँकार्यपालिकले गरेको छ । जसअन्तरगत प्रथम पटकको लागि ५ हजार, दोस्रो पटकका लागि १० हजार तेस्रो पटक पनि उक्त कार्य गरेमा त्यसलाई धुर्कोट गाउँपालिकाभित्र ब्यापार गर्न नदिने निर्णय पनि सर्वसम्मत पारित भएको कार्यकारी अधिकृत तोपलाल भुसालले जानकारी दिए । मदिरा नियन्त्रण गर्न गाउँपालिकाले समिति नै बनाएर काम गर्ने भएको छ । जसको लागि लोक बहादुर केसीको संयोजकत्वमा ५ सदस्यिय अनुगमन समितिको गठन गरिएको छ ।

हेटलहरु ब्यवस्थित
गाउँपालिकाभित्र रहेका होटलहरुलाई ब्यवसायी, ब्यवस्थित र मर्यादित बनाउनकोे लागि पनि गाउँपालिकाले कानुन बनाएको छ । प्रत्येक होटल ब्यवसायीले अनिवार्य रुपमा मूल्यसूचि राख्नुपर्ने, शौचालय सफा र ब्यवस्थित हुनुपर्ने, स्वस्च्छ र सफा पिउने पानीको अनिवार्य रुपमा ब्यवस्था गरेको हुनुपर्ने जस्ता निर्णय पनि गाउँपालिकाले गरेको गाउँप्रमुख भुपाल पोखरेलले बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ