रिडिमा गाउँपालिको केन्द्र नपरेपछी कालो दिन घोषणा, बिरोधमा राँके जुलुस निकालियो

रिडि, पौष १६ । रिडि वासिले आजको दिनलाई कालो दिन भएको घोषणा गरेका छन। रुरु गाउँपालिकाको केन्द्र निर्धारण गर्न आबश्यक सम्पुर्ण मापदण्ड पूरा गर्दा गर्दै पनि षड्यन्त्र पुर्वक मापदण्ड नै नपुगेको घ्यु बेसिलाई केन्द्र घोषणा गरेको भन्दै आज रिडिमा बिरोध प्रदर्शन गरिएको छ ।

स्वतस्फूर्त रुपमा भेला भएको स्थानीय वासिहरुले आज साँझ मशाल जुलुस निकालेका हुन । जुलुसल रिडि बसपार्क बाट निकालि बजार भर परिक्रमा गरेको थियो। जुलुस पछि रिडि बसपार्क चोकमा आयोजित कोण सभामा आजको दिनलाई रिडिका लागि कालो दिन भनी घोषणा गरेको छ।

आज रुरु गाउँपालिकाको परिषदले बहुमतको आधारमा घ्युबेसीलाई प्रसासनिक केन्द्र घोषणा गरेको थियो। गाउँपालिकाको ६ वटा वडाहरु मध्ये ५ वटा वडाले घ्युबेसीलाई समर्थन गरेको थियो भने वडा न १ रिडिले यसको बिपक्षमा उभ्याएको थियो । सरकारले १८ गते भित्रमा सर्व सहमती वा बहुमतको आधारमा केन्द्रको टुंगो लगाउन निर्देश गरेपछी बहुमतका आधारमा रुरु गापाको केन्द्र निर्धारण गरिएको हो । -रुरु नेटवर्क

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ