पत्रकार महासंघ गुल्मीमा सृजनशिल शाखा स्थापना

टोपलाल अर्याल
गुल्मी, ७ पुस । नागरिकले सजिलै संग सूचना प्राप्त गरुन भन्ने उद्देश्यले पत्रकार महासंघ गुल्मीमा सृजनशिल शाखा स्थापना गरिएको छ । एकिकृत ग्रामिण विकास समाजद्धारा संचालनमा रहेको पारस्परिक जवाफदेहिता परियोजनाले पत्रकार महासंघ गुल्मीमा शाखाको स्थापना गरेको हो ।

सृजनशिल शाखाको रेसुंगा नगरपालिकाका मेयर डिल्लीराज भुसालले उद्घाटन गरेका छन् । शाखाको उद्घाटन गर्दै भुसालले अहिलेको युग सुचना र प्रविधीको भएकाले नागरिकलाई सुसूचित गराउन सृजनशिल शाखा र महासंघले महत्वपुर्ण भुमिका खेल्ने अपेक्षा व्यक्त गरे । परियोजनाले सृजनशिल शाखालाइ इन्टरनेट, एक थान डेस्टप कम्प्युटर, टेवल, कुर्ची र केहि व्यावस्थापकीय सहयोग गरेको छ । सरकारी सेवा सुबिधाको जानकारी र सुचनाको हक सम्बन्धी जानकारी जनताहरुलाई गराउन पत्रकार महासंघका सृजनशिल शाखा स्थापना गरिएको परियोजना संयोजक हिरा कुवंरले बताइन् ।
fnj gulmi chapter
साथै परियोजनाले जिल्लामा गर्ने क्रियाकलापको बारेमा एकिकृत ग्रामिण विकास समाज गुल्मीका कार्यकारी निर्देशक गणेश श्रीपालीले प्रकाश पारेका थिए । यु.एस.ए.आई.डीको आर्थिक सहयोग र एफएचआई ३६० र एकीकृत ग्रामीण विकास समाजको सहकार्यमा गुल्मीमा परियोजना लागु भएको छ । परियोजनाले जिल्लामा सुशासन र जवाफदेहिता प्रर्बधनका निम्ती शिक्षा, स्वास्थ्य र कृषिको क्षेत्रमा कार्य गर्दै आएको छ ।

कार्यक्रममा रेसुंगा नगरपालिकाको उपमेयर सिता भण्डारी लगायत एकिकृत ग्रामिण विकास समाज गुल्मीका कार्यकारी निर्देशक गणेश श्रीपाली, संस्थाका अध्यक्ष हिरा एसी, पत्रकार महासंघ गुल्मीका पुर्व अध्यक्ष घनश्याम गौतम,गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष दुर्गा पाण्डेय, परियोजनाका लेखा अधिकृत प्रिजम श्रेष्ट, लगायत पत्रकार महासंघ गुल्मीका पदाधिकारी, जिल्लाका विभिन्न संचार माध्ययममा क्रियाशिल संचारकर्मी लगायतको सहभागीता रहेको थियो । कार्यक्रम पत्रकार महासंघ गुल्मीका अध्यक्ष नवराज भुसालको अध्यक्षता, एकिकृत ग्रामिण विकास समाज गुल्मीका कार्यकारी निर्देशक श्रीपालीको स्वागत तथा परियोजना संयोजक हिरा कुवंरको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ