कांग्रेस पुन:निर्माणको अभियान आरम्भ : चन्द्र, गगन र धनराजको पहिलो भेला

काठमाडौं । प्रतिनिधि तथा प्रदेश सभामा कांग्रेस कमजोर देखिएपछि कांग्रेसका प्रभावशाली नेताहरु पार्टी पुन:निर्माणको अभियानमा जुटेका छन् । उनीहरुले छलफल आरम्भ गरिसकेका छन् । बुधवार काठमाडौंको बानेश्वरमा भएको भेलामा कांग्रेस नेता चन्द्र भण्डारी, गगन थापा, धनराज गुरुङ् र रामहरि खतिवडा एकसाथ देखिए । उनीहरुले पार्टीलाई अब जनताले विश्वास गर्ने तहमा लैजान आवश्यक रहेको निष्कर्ष निकालेका छन् ।

कांग्रेस नेता चन्द्र भण्डारीको पहलमा भएको भेलामा कांग्रेसका जनप्रिय नेताहरु गगन थापा, चन्द्र भण्डारी, धनराज गुरुङ, रामहरि खतिवडा लगायत नेताहरु सहभागि भए । यस्तै, कुन्दन काफ्ले लगायत विद्यार्थी नेता पनि भेलामा सहभागि भए ।

congresss

नेता गगन थापाले आवश्यक परे पार्टीको कारबाही भोगर पनि काँग्रेसलाई पुनर्जीवन दिन अभियानबाट पछि नहट्ने र पार्टीप्रति जनताको विश्वास कायम गराएरै छाड्ने बताए । उनले चाहे जुनसुकै त्याग वा कारबाही भोग्न आफुहरु तयार रहेको बताए । आफुहरुलाई अब पदीय जिम्वारी भन्दा ठूलो पार्टीको पुन:निर्माण भएको बताए ।

यो छलफललाई कांग्रेस पुन:निर्माणको सुरुवातका रुपमा लिइएको छ । भेलामा धनराज गुरुङले पार्टी सक्षम र सुदृढ बनाउन जनविश्वास आवश्यक रहेको भन्दै आफुहरुले विश्वासको मत जुटाएरै छाड्ने बताए ।

भेलाको अगुवाई गरेका नेता चन्द्र भण्डारीले पार्टी सुदृढीकरण पहिलो प्राथमिकता रहेको बताए । उनले भने, ‘हामी सबैको एउटै मत छ । हामी पार्टीलाई पुनर्जीवन दिन्छौँ ।’

छलफलमा उनीहरुले अहिले काँग्रेसले पाएको जनमतको सम्मान गरेर जिम्मेवार भई जनउत्तरदायित्व बहन गर्ने समेत प्रण गरेका छन् । उनीहरुले आफुहरुभित्रै नेतृत्व लिन तयार भएका व्यक्तिलाई कसैले अवरोध नगर्ने र दृढताकासाथ अघि बढ्ने प्रतिवद्धता जनाए । -हाम्राकुरा डट कमबाट

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D