म सवैको प्रतिनिधि हुँँ, विजय उत्सव मनाउदा कसैलाई गाली नगर्नुस्: गोकर्ण बिष्ट

अनिल खत्री
गुल्मी, मंसिर २६ । नेकपा एमालेका सचिव तथा गुल्मी क्षेत्र नम्बर २ का नव निर्वाचित प्रतिनिधी सभा सदस्य गोकर्णराज विष्टले आफु सवैको प्रतिनिधि भएको भन्दै उनले अब विजय उत्सव मनाउदा पनि कसैलाई गाली नगर्न कार्यकर्तालाई आग्रह गरेका छन् ।

निर्वाचित भएपछी पनि मतदाताकहाँ खुसी साट्न गाउँगाउमा भएको कार्यक्रम अन्तर्गत बिष्टले मंगलबार मदाने गाउँपालिकाको पुर्कोट दहमा मतदातालाई धन्यबाद दिँदै सो आग्रह गरेका हुन् । उनले अब पनि आफुले काम नगरे देस जनताले धिक्कारर्ने बताए । बिष्टले नेपाली जनतालाई सुखि र नेपाल राष्ट्रलाई समृद्ध बनाउन चाहेकाले बाम शक्ति एकै ठाउँमा आएको बताए ।

बिष्टले भने ‘यो जितले हामिलाई ठूलो भन्दापनि थप जिम्बेवारपनको बोध गराएको छ ।’ देश र जनताको पक्षमा केहि गरेर देखाउने समय आएको छ उनले भने ‘अब हामिले केहि गरेनौ भने फेरी तपाईहरुसँग आउने कुनै बाटो हुँदैन ।’ अबको पाचँ बर्षसम्म यस जिल्लाका नागरिकलाई खुसि बनाउदै समृद्ध गुल्मी निर्माण गर्ने अभियानमा लाग्नेछौ बिष्टले भने ‘तपाइहरुको मत खेर जान दिदैँनौ ।’

चुनावी प्रतिबद्धतामा जिल्लाभित्र रहेको बाटो, खानेपानी, शिक्षा, विद्युत लगायतका विकासका पुर्वाधारहरुलाई आफुले प्राथमिकतामा राखेको उनको भनाई छ । यो जितले थप जिम्मेवारपनको अझ बढी बोध गराएको छ उनले भने, ‘अब जिल्लाका विकासका काम यसरी अगाडी बढ्छन कि फेरी आउदाँ भोट माग्न नपरोस् ।’

उनले भने ‘दुई तिरका छिमेकी देशरुहले आर्थिक स्तर माथि उठाएकोले केही समयभित्र जनताको जीवनस्तर उठाउन नसकेमा हामी धेरे पछाडी पर्छौ ।’

आफु सवैको प्रतिनिधि भएको भन्दै उनले अब विजय उत्सव मनाउदा पनि कसैलाई गाली नगर्न कार्यकर्तालाई आग्रह गरे । अबको १५ दिनभित्र सवैको घरमा विजुली, दुई वर्ष्भित्र गाउँपालिका तथा चार वर्षसम्म वडाकेन्द्रसम्म पुग्ने बाटो पिच गर्ने, एक घर, एक धारा जस्तो विकासका कामहरुलाई प्राथमिकतामा राखेको विष्टको भनाई छ ।

विष्टले आफुलाई भोट नदिनेको लागि पछुतो हुनेगरी काम गर्ने बताए । देशमा अशिक्षा, बेरोजगारी जस्ता कारणले गर्दा गरिबी बढ्दै गइरहेको छ उनले भने, ‘अब हामीहरु त्यसैको विरुद्धमा लड्छौ ।’ लामो समयदेखिको राजनीतिक अस्थीरता आठ नौ महिनामा सरकार परीवर्तन गर्ने अवस्थाका कारण देशको विकास हुन सकेन बिष्टले भने ‘अब स्थीर सरकार बनाउने देशको तिव्र विकासका लागि अगाडी बढने छौ ।’

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D