गुल्मीका वोटे माझी विद्यार्थीलाई आएको छ सरकारी खाजा खर्च

प्रेम सुनार
गुल्मी, कार्तिक–२० । जिल्ला शिक्षा कार्यालय गुल्मीले जिल्लाका दुई वटा गाउँमा रहेका वोटे माझी समुदायका विद्यार्थीहरुलाई राज्यबाटै खाज खर्च वापतको रकम आई रहेको बताएको छ । जिल्लाको रुरु गाउँपालिका अन्तरगत वम्घाको लक्ष्मी प्रा.वि. र गुल्मी दरवार गाउँपालिको वलिथुम वोटे गाउँको माझी प्रा.वि.गरी १ सय ६५ जना वोटेमाझी समुदायका विद्यार्थीहरुलाई सरकारले खाजा खर्च पठाएको हो ।
जनही २७ सयका दरले खाजा खर्च आएको जिल्ला शिक्षा अधिकारी टिकाराम शर्माले बताए ।

कक्षा ११ र १२ का विद्यार्थीहरु पाठ्य पुस्तक पनि

सरकारले जिल्ला शिक्षा कार्यालय मार्फत कक्षा ११ र १२ का विद्यार्थीहरुलाई पाठ्य पुस्तकका लागि प्रति विद्यालय ५० हजारका दरले रकम विनियोजन गरी पठाएको छ । जिल्ला शिक्षा अधिकारी टिकाराम शर्माले ५० हजारका दरले रकम पठाईने र विद्यालय पुस्तकहरु ख्रिद गरी विद्यार्थीहरुलाई दिने बताए । उनले विद्यार्थीहरुले आफ्नो कक्षा पुरा गरी सके पछि ति पुस्तकहरु विद्यालयलाई बुझाउनु पर्ने जानकारी दिए । त्यस्तै कक्षा १ देखि ८ सम्मका सवै विद्यार्थीहरुलाई ४ सयका दरले क्षात्रवृत्ति रकम समेत पाउने भएका छन् । कक्षा ९ र १० का विद्यार्थीहरुले दोहरो सुविधा नपाउने गरी ५ सयका दरले छात्रवृत्ति पाउने पाउने भएका छन् ।

३८ वर्ष देखि लेखा परिक्षण नभएकालाई गराईयो

जिल्ला शिक्षा कार्यालय गुल्मीका विद्यालय निरक्षक झविन्द्र बिश्वकर्माका अनुसार गत ३८ वर्ष अघि देखि लेखा परिक्षण नगराई वसेका कैयौं प्रावि तहका विद्यालयहरुलाई जिल्ला शिक्षा कार्यालयले लेखा परिक्षण गराएको छ । लेखा परिक्षण पनि नगराउने र विद्यार्थी संख्या कागजमा किर्ते लेखेर अनुदान खाने कतिपय विद्यालयका हर्ताकर्ताहरु यस कार्यबाट लैनो गाई गुमाएको अवस्थामा पुगेका छन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ