जिल्ला शिक्षा कार्यालयको बजेट स्वात्तै घट्यो, डेढ अरबबाट २४ करोडमा

प्रेम सुनार
गुल्मी, कार्तिक २० । गत वर्ष सम्म वर्षेनी डेढ अरव भन्दा बढि बजेड खेलाउँदै आएको जिल्ला शिक्षा कार्यालयमा अहिले अधिकांस रकम स्थानिय तहमा गए पछि जम्मा २४ करोड करिवको वार्षिक वजेट सञ्चालनमा झरेको छ । सोमबार आर्थिक वर्ष २०७४-७५ को कार्यक्रम सार्वजानिक गर्दै जिल्ला शिक्षा कार्यालय गुल्मीले यस्तो जानकारी गराएको हो ।

सो कार्यालयका लेखा अधिकृत लक्ष्मण पौड्यालले गत आर्थिक वर्षमा जिल्ला शिक्षा कार्यालयमा १ अरव ५१ करोड ६ लाख ६ सय २४ रुपैयाँ वजेट आएको र चालु आर्थिक वर्षमा २४ करोड ८६ लाख ७२ हजार मात्र सो कार्यालयबाट कार्यक्रम सञ्चालन गरिने र अरु सवै रकम स्थानिय तहमै पुगेको जानकारी दिए । उनका अनुसार गाउँ र नगरपालिकामा यस चालु आर्थिक वर्षमा १ अरव ९ करोड ७४ लाख २ हजार रुपैयाँ पुगेको छ ।

सहायक जिल्ला शिक्षा अधिकारी रामप्रसाद पाण्डेका अनुसार पुर्व जिल्ला शिक्षा अधिकारी मित्रमणी खनालको पाला देखि सुरु गरिएको विद्यालय सुधार कार्यक्रमलाई अहिलेका जिल्ला शिक्षा अधिकारी थप सक्रिय भएर लागेका छन् । प्राथामिक तहका झेलो बिद्यालयको अन्त्य गरिएको छ । जिल्ला शिक्षा अधिकारी टिकाराम शर्माले प्राथामिक तहका विद्यालयमा त्यो झेले विद्यालयहरु हटे पनि अव कतै सामुदायिक सिकाई केन्द्र झोलो हुने हुन कि भन्ने चिन्ता प्रकट गर्दछन् ।

वार्षिक दुई लाखका दरले जिल्ला भर २४ वटा सामुदायिक विद्यालय रहेका छन् त्यसमा आफुहरुको पनि निगरानी हुने र पत्रकारहरुले पनि निगरानी बढाएर सहयोग गरी दिन उनले आग्रह गरे । वगतमा प्राथामिक तहका विद्यालय अनावश्यक गाउँ गाउँमा पार्ने र कुनै अमुृक दलका अमुक नेता विद्यालय व्यवस्थापन समितिको अध्यक्ष अर्को पात्र प्रधानध्यापक भएर जिल्ला शिक्षा कार्यालयबाट पर्ने अनुदान रकम आफुले झ्याम्म पार्ने गरेको पाईयो उनले भने त्यस्तो दुरुपयोेग रोक्न सामुदायिक सिकाई केन्द्रमा तपाई हाम्रो निगरानी जरुरी छ ।
उनले अरु धेरै कार्यक्रमहरु स्थानिय तहबाटै हुने र केहि भौतिक निर्माण, अनुदान र पुरस्कार जस्ता केहि कार्यक्रमहरु जिल्ला शिक्षा कार्यालयबाटै हुने जानकारी दिए । जि.शि.अ. शर्माले आगमी वर्ष जिल्ला शिक्षा कार्यालय रहन्छ कि रहँदैन भन्ने कुरामा अन्यौल रहेको बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ