Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
चन्द्र भण्डारीले आफु वेलायतको प्रधानमन्त्री हुनु पर्ने मान्छे हुँ भनेका हैन रैछन्, सुनौँ खासमा उनले के भनेका रैछन् - Gulminews

चन्द्र भण्डारीले आफु वेलायतको प्रधानमन्त्री हुनु पर्ने मान्छे हुँ भनेका हैन रैछन्, सुनौँ खासमा उनले के भनेका रैछन्

सच्च्याईएको: अघिल्लो पोस्टमा गुल्मीन्युजमा नेपाली काग्रेसका केन्द्रिय सदस्य एवं गुल्मी क्षेत्र नम्वर १ का प्रतिनिधी सभा उमेदवार चन्द्र भण्डारीले आफु वेलायतको प्रधानमन्त्री हुनु पर्ने खालको नेता भएको दावी गरिएको भन्ने समाचार पोस्ट भएकोमा सच्चाईएको छ । खासमा उनले भन्न खोजेको कुरालाई तोडमोड गरी प्राप्त भएको समाचार गुल्मीन्युजमा प्रकाशित भएकोमा क्षमा प्रार्थी छौं । यस्तो छ तम्घासमा प्रेश युनियन गुल्मीले आयोजना गरेको पत्रकार सम्मेलनमा भण्डारीले बोलेको कुरा:

 

प्रेम सुनार
गुल्मी, कार्तिक–१७ । नेपाली काग्रेसका केन्द्रिय सदस्य एवं गुल्मी क्षेत्र नम्वर १ का प्रतिनिधी सभा उमेदवार चन्द्र भण्डारीले आफु वेलायतको प्रधानमन्त्री हुनु पर्ने खालको नेता भएको दावी गरेका छन् । ‘चार बर्षमा यती काम गरेको भए त बेलायतको राष्ट्रपती बनिन्थ्यो जस्तो लाग्छ, उनले प्रेश युनियन गुल्मीले आयोजना गरेको कार्यक्रममा भने, ‘यति विकास गर्दा पनि तपाई पत्रकारले लेखी दिनु हुन्न भने मेरो भन्नु केहि छैन ।

chandra_bhandariगुल्मी क्षेत्र नम्वर २ मा बिस वर्ष अघि देखिका सांसदहरुले गर्न नसकेको काम आफुले एउटै कार्यकालमा गरेको दावा गर्दै यति विकास गर्ने नेता त वेलायतकै प्रधानमन्त्री हुनु पर्ने मान्छे होईन र ? विपक्षी राजनैतिक दलका नेताहरुबाट फेशवुके विकास प्रेमी नेताको सज्ञा पाएका उनले भने जसले विकास गर्छ उसले त लेखी हाल्छ नि, नगर्नेले कहाँबाट लेखोस भन्ने जवाफ दिए । आफुले जस्तो विकास यहाँका अरु जनप्रतिनिधीहरुले गर्न नसकेको कुरा पटक पटक दोहराएका नेता भण्डारीले फेरी पनि आफुले जिते नमुना जिल्ला बनाउने उद्घोष गरे ।

नेपाली भाषको जननीको रुपमा रहेको सँस्कृत भाषालाई प्रत्येक विद्यालयमा अनिवार्य पाठ्यक्रममा समावेश गर्ने, माथिबाट पहिरो खसेर बर्षेनी नागरिकले ज्यान गुमाउने गरेको तम्घास–पाल्पा–बुटबल सडकको स्तरोन्नती गर्ने लगायतका विकास निर्माण ल्याउने आश्वासन दिए । त्यस्तै एसियाकै नमुना रिडीको पुल, रिडिधाम मेला, पर्यटकिय क्षेत्र रेसुङ्गा, विचित्र गुफा लगायतको संरक्षण र प्रचार प्रसार गरी पर्यटकको सङ्ख्यामा बृद्धि गर्ने पनि नेताहरुले बताएका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य तथा गुल्मी क्षेत्र नम्बर १ का उम्मेद्धार चन्द्र भण्डारीले आफूले जिल्लामा थुप्रै विकास निर्माणका कामहरु गरेको दाबी गरेका छन् । उनले नामै किटान गरी जिल्लाका विभिन्न स्थानमा विकासका लागि थुप्रै बजेट पारेको तर ठेकेदार केहि नेताहरु मिलेर रेसुङ्गा बिमानिस्थल जस्ता महत्वपूर्ण काम नभएको समेत आरोप लगाए । त्यसका साथै केन्द्रिय सदस्य भण्डारीले गुल्मी जिल्ला जडिबुटिका हिसाबले अन्त्यन्तै महत्वपूर्ण रहेको, मदाने, रेसुङ्गा लगायतका क्षेत्रमा पर्यटनहरु प्रशस्त आउने भएकोले पनि यी र यस्ता क्षेत्रको महत्वपूर्ण विकास गरी जिल्लालाई नमुना बनाउने उनको भनाई छ ।

त्यस्तै पार्टीका सिद्धान्तहरु एक ठाउँमा राख्दै जनताको हक, हितमा लाग्नुपर्नेमा पनि उनले जोड दिए । क्षेत्र नम्वर २ का प्रतिनिधी सभा उमेदवार चन्द्र केसीले क्षेत्र नम्वर २ ले नयाँ नेताको खोजी गरेको दावि गर्दै आफ्नो र सिङ्गो नेपाली कांग्रेसको जित सुनिश्चित भएको बताए । उनि पत्रकारहरु प्रति भने अलि आक्रमक भएर आलोचना गरी रहेका थिए । कार्यक्रममा प्रदेश १ का उमेदवार पृथ्पीबहादुर फौदार , प्रदेश २ का धनेन्द्र कार्की , प्रदेश १ का उमेदवार शालिक पन्थी र ४ का उमेदवार छन्दबहादुर पहराईले पनि आफुहरुको जित सुनिश्चित भएको दावि गरेका थिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D