दुर्गम गाउँ धुर्कोटमा अब “फ्रि वाईफाई”, सरकारी काम पनि अन्लाईनबाटै

प्रेम सुनार
गुल्मी, कार्तिक ३ । कुनै समय सिडिएमए टेलिफोनले समेत राम्रो संग काम नगर्ने गुल्मीको धुर्कोटमा अव छिट्टै गाउँपालिकाले फ्रि वाईफाई सेवा विस्तार गर्ने भएको छ । कार्यभार सम्हालेको सय दिनमा आफुहरुले गरेका कामहरु पत्रकार भेटघाट कार्यक्रममा सार्वाजानिक गर्दै धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेलले यस्तो जानकारी दिएका हुन् ।

पोखरेलले भने, ‘एक महिना भित्रमा जैसीथोक वरवोटमा रहेको गाउँपालिका वरीवरी फ्रि वाईफाई सेवा जनतालाई दिने गरी काम सुरु भईसकेको छ , क्रमशः वडा कार्यालय वरीपरी पनि फ्रि वाईफाई सेवा दिईने योजनामा लागेका छौं ।’ उनले आफ्नो पार्टी माओवादी केन्द्रको चुनावी घोषणा पत्रमा पनि उक्त कुरा भएको र अन्य राजनैतिक दलबाट निर्वाचित जनप्रतिनिधीहरुको पनि फ्रि वाईफाई सेवा जनतालाई दिन एकमत भएकोले त्यसको प्रकृया सुरु भई सकेको बताए ।

त्यस्तै सरकारी कामकाज अनलाईनबाटै गर्ने गरी काम सुरु भएको समेत पोखरेलले बताए । ‘ प्रत्येक वडामा के काम भई रहेको छ ? त्यो अनलाईनबाटै नियाल्न सकिने, दिनभरीको काम साँझ गाउँपालिकाको कार्यालयमा वडाले रिर्पोटिङ्ग गर्ने अव तथ्याङक कागजमा मात्र होईन अनलाईनमा राख्ने छौं’ उनले भने, ‘नमुना धुर्कोट बनाउने हाम्रो अभियानको यो पनि जिल्लामा एउटा नमुना हो ।’

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D