गुल्मीमा बँदेलको टोकाईबाट घाइतेले पाए १ लाख रुपैँया राहत, चितुवाले बाख्रा खाईदिएकाले पनि पाए क्षतीपुर्ती

अनिल खत्री
गुल्मी असोज २६ । गुल्मीमा वन्यजन्तुबाट क्षति भएकाहरुले राहत पाएका छन् । जिल्ला वन कार्यालय गुल्मीमा आयोजित एक समारोहका बिच जिल्लाका बिभिन्न स्थानहरुमा बन्यजन्तुबाट मानविय तथा चौपायाहरुमा भएका ४ जनालाई क्षतीपूर्ति स्वरुप राहत बितरण गरिएको हो । जिल्लामै पहिलो पटक वन्यजन्तुको हानिबाट क्षतीपूर्ति प्रदान गरिएको हो ।
वन्यजन्तुबाट घाइते भएका मदाने गाउँपालिका वडा नम्बर ७ निवासी भरत पन्थी, गुल्मीदरवार गाउँपालिका वडा नम्बर ५ निवासी नरबहादुर खड्का, सोहि गाउँपालिका वडा नम्बर ६ निवासी ज्योति श्रेष्ठ र संगिता खड्काले राहत पाएका हुन् । बँदेलको टोकाईबाट घाइते भएका भरत पन्थीले रु १ लाख रुपैँया पाएका छन् ।
चितुवाले २ वटा बाख्रा खाईदिएका नरबहादुर खड्कालाई क्षतीपूर्ति स्वरुप १९ हजार ५ सय रुपैँया दिईएको छ । त्यस्तै चितुवाबाट १ गाई र १ बाख्रा खाईदिएका ज्योति श्रेष्ठले रु २० हजार, चितुवाबाट १ वटा बाख्रा खाईदिएका संगिता खड्काले रु १० हजार रुपैँया क्षतिपुर्ती पाएका छन् । राहत पाउने ४ जनालाई प्रमुख जिल्ला अधिकारी गोपाल अर्याल र जिल्ला वन अधिकृत बिशाल घिमिरेले चेक मार्फत हस्तातरण गरेका थिए ।
पन्थी २०७३ साल चैत्र ३१ गते आफनै वारिमा बँदेल धपाउने क्रममा घाइते भएका थिए । उनि सुरुमा दुम्सी भनेर धपाउने क्रममा उनिमाथी आक्रमण गर्दा गम्भीर घाइते भएका थिए ।
घाइते पन्थीलाई बिभिन्न अस्पताल हुँदै काठमाडौंको बिर अस्पतालमा लामो उपचार पछी निको भएको थियो । अन्य ३ जनाको गत वर्षको भाद्र महिनामा चितुवाको अक्रमणबाट चौपायामा क्षती भएको थियो ।
राहत हस्तातरण कार्यक्रममा बोल्दै प्रजिअ अर्यालले कुन वन्यजन्तुबाट कसरी आक्रमण गर्छ भन्ने मानिसमा चेतनाको अभाव रहेको बताए । उनले कुन वन्यजन्तुले आक्रमण गर्छ, कसरी बच्ने जस्ता बिषयमा सबैलाई जानकारी दिने ब्यावस्था मिलाउन वन कार्यालयलाई आग्रह गरे ।

रातह लिदै बदेलबाट घाइते पन्थी भने घाइते अबस्थामै उपचारको क्रममा वन्यजन्तुबाट आक्रमणमा परेकाहरुले बिलहरुसँगै घटना खुल्ने कागजपत्र भए सरकारबाट राहत मिल्ने सुनेपछी आफुले निबेदन दिएको बताए । सरकारबाट मिलेको राहतले आफनो दुखेको घाउमा मलमको रुपमा काम गरेको बताए ।
नेपालमा १४ वटा वन्यजन्तुले आक्रमण गरे क्षती पाउने ब्यावस्था रहेको छ । क्षती पाउने बन्य जन्तुहरुमा हात्ती, गौंडा बाघ, भालु, चितुवा, हिउँचितुवा, ध्वाँसे चितुवा, ब्वाँसो, जंगली कुकुर, जंगली बंदेल, अर्ना, मगर गोही, अजिंगर, गौरीगाई लगायतका वन्यजन्तुबाट घाइते वा मृत्यु भएमा क्षती पाउने ब्यावस्था रहेको छ । घटनाबाट क्षती लिन बिभिन्न घटनाहरु प्रमाणीत हुने कागजपत्र पेस गर्नु पर्ने ब्यावस्था रहेको जिल्ला बन अधिकृत घिमिरेले बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ