Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
चाडपर्वलाई सुखद र निर्वाचनलाई सफल बनाऔ: एसपी रानाभाट - Gulminews

चाडपर्वलाई सुखद र निर्वाचनलाई सफल बनाऔ: एसपी रानाभाट

गुल्मी, १२ असोज । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रमुख अर्जुन रानाभाटले जिल्लाका संचारकर्मीहरुसंग भेटघाट गरेका छन् । उनी यहि साता प्रहरी प्रमुखको रुपमा जिल्ला प्रहरी कार्यालय गुल्मी आएका छन् । बुधबार कार्यालयमा पत्रसंग भेटघाटगर्दै सगठनको काम कारबाहीको प्रतिक्रिया, चाडपर्व तथा निर्वाचन सुरक्षाको अवस्थाका बारेमा छलफल भएको थियो ।

छलफलमा पत्रकारहरुले सवारी साधनमा हुने चाँप, मनपरी गाडीभाडा, तम्घास बजारमा मोटरसाइकलको तिव्र गति, नाकाहरुमा कडाई र तथ्यांक संकलन, घरेलु मदिरा उत्पादन, सेवन र बिक्री वितरणमा कडाई, ठुला मेलाहरुको सुरक्षा लगायतका बिषयमा प्रहरी प्रमुख रानाभाटको ध्यानाकर्षण गराएका थिए । पत्रकारहरुको सुझावसंगै रानाभाटले कम जनशक्तिकाबिच मुख्य चाडपर्वलाई सुखद र निर्वाचनलाई सफल बनाउन आम नागरिकको सहयोगको अपेक्षा गरे ।

उनले प्रहरी गस्ती बढाउने, मनपरी भाडा र यात्रु ओर्साने नदिने, नजिकैको मेला महोत्सवहरुको सुरक्षाको लागि स्थानीय युवा क्लव, जनप्रतिनिधी र सहरोकारवालासंग समन्वय गरेर व्यावस्थापन गर्ने बिषयमा मातहत सवै चौकीहरुलाई स्पष्ट निर्देशन दिएको बताए । उनले पत्रकार र प्रहरीबिच सूचनाको आदानप्रदान आवश्यक रहेकाले दोहोरो समन्वय गर्न आग्रह गरे ।
साथै पत्रकारहरुले सवारी चालकहरुको आँखा परिक्षण गर्न सम्बन्धित निकायसंग समन्वयन गर्न, उदिनढुङ्गा बागमारे चेकपोष्टमा चेकजाँचमा कडाई गर्न पनि सुझाव दिएका छन् । सवै सुझावहरुको तत्काल कार्यान्वयन गर्ने रानाभाटले प्रतिवद्धता जनाए । उनी तनहुँमा जन्मिए अहिले चितवनमा बस्दै आएका छन् । अहिले सुदुरपश्चिम प्रहरी गणबाट सरुवा भएर गुल्मी आएका हुन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D