गुल्मी, भदौ २४ । गुल्मीमा शनिवार २५ गते बिद्युत सेवा अवरुद्ध हुने भएको छ । भोली शनिवारका दिन बिरबास स्थित ३३/११ के.भी
सवस्टेशनमा रहेका ११ के. भी. व्रकरहरुको मर्मत सम्भार गर्नुपर्ने भएको हुँदा बिद्युत अबरुद्द हुने नेपाल बिद्युत प्राधिकरण, गुल्मी बितरण केन्द्रले जनाएको छ ।
बिरबास सवस्टेशनको ११ के.भी. फिडरहरु बलिथम, मजुवा र हुँगाबाट वितरण भएको क्षेत्रहरुमा बिद्युत अबरुद्द हुने जनाईएको छ । जस अन्तर्गत चन्द्रकोट गाउँपालिका, छत्रकोट गाउँपालिका, गुल्मीदरबार गाउँपालिका, ईश्मा गाउँपालिकाको हस्तिचौर, मुसिकोट नगरपालिकाको वामी र रेसुङ्गा नगरपालिकाको भाडगाउ, उर्लेनी र भगेरी क्षेत्रमा बिहान साढे ८ वजे देखि बेलुका ५ बजे सम्म बिद्युत आपर्ति वन्द हुने केन्द्रले जानकारी दिएको छ ।