Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
कुकुर व्यवस्थापन गर्न रुरुक्षेत्र गाउँपालिकाको स्थायी बन्ध्याकरण अभियान - Gulminews

कुकुर व्यवस्थापन गर्न रुरुक्षेत्र गाउँपालिकाको स्थायी बन्ध्याकरण अभियान

टोपलाल अर्याल
गुल्मी, भदौ २४ । गुल्मीको रुरुक्षेत्र गाउँपालिकामा सामुदायिक कुकुर व्यवस्थापन गर्ने उद्देश्यले बन्ध्याकरण अभियान सुरु गरिएको छ। भेटेरेनरी अस्पताल तथा पशुविज्ञ केन्द्रको प्राविधिक सहयोगमा रुरुक्षेत्र गाउँपालिकाले कुकुर बन्ध्याकरण अभियान थालेको हो।

पोथी कुकुरको बन्ध्याकरणले सामुदायिक कुकुरको संख्या नियन्त्रण र रेबिजलगायतका जुनोटिक रोगको प्रकोप रोकथाम हुने उद्देश्यले अभियान थालिएको हो। यसबाट कुकुरका कारण हुने सडक दुर्घटनामा कमी आउने अपेक्षा गरिएको भेटेरेनरी अस्पताल तथा पशुविज्ञ केन्द्रका प्रमुख डाक्टर भरत काफ्लेले बताए।

शल्यक्रियाद्वारा कुकुरको स्थायी बन्ध्याकरण गर्न थालिएको छ। संगिनी सुई लगाएर अस्थायी बन्ध्याकरण गर्दा पाठेघर सुन्निने र पाठेघरमा पिप रहने सम्भावना हुन्छ। पाठेघरको क्यान्सरबाट कुकुरलाई बचाउन पनि स्थायी बन्ध्याकरण गरिएको काफ्लेले बताए। अहिले कम्तीमा ५० वटा कुकुरको बन्ध्याकरण गरिने कार्यालयले जनाएको छ।

कुकुर समूहमा अत्यधिक धेरै हुने, कृषकका घरघर गएर पशुचौपाया र मान्छेलाई समेत टोक्ने अवस्था आएपछि नियन्त्रण अभियान थालिएको गाउँपालिका प्रमुख यदु ज्ञवालीले बताए। गाउँपालिकामा बजारक्षेत्रदेखि गाउँसम्म कुकुर आतंक रहेको छ। कैयौँ किसानका पशुचौपायालाई आक्रमण गरेर हैरान बनाएपछि स्थानीलयले कुकुर नियन्त्रणका लागि गाउँपालिकालाई निरन्तर दबाब दिँदै आएका छन्।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D