Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
नेपाल मगर संघ, गुल्मी-काठमाडौं सम्पर्क समितिको अध्यक्षमा पुनः युव मगर सर्वसम्मत - Gulminews

नेपाल मगर संघ, गुल्मी-काठमाडौं सम्पर्क समितिको अध्यक्षमा पुनः युव मगर सर्वसम्मत

काठमाडौं, भदौ १९ । नेपाल मगर संघ, गुल्मी-काठमाडौं सम्पर्क समितिको अध्यक्षमा पुनः युव गाहा मगर चयन भएका छन् । शनिबार मगर मूलघर कलङ्कीमा सम्पन्न समितिको चौथो अधिवेशनले गाहालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

१३ सदस्यीय नवगठित समितिको उपाध्यक्षमा ओम सूर्यवंशी, सचिवमा लिल बहादुर रानामगर, सहसचिवमा सरस्वती थापा मगर र कोषाध्यक्षमा आशा थापा तथा सहकोषाध्यक्षमा राम थापा मगर चयन भएका छन् । अन्य सदस्यहरूमा शोभा थापा मगर, सुदिप सिन्जाली मगर, गोपिराम राहडी मगर, रेनु थापा मगर, तेज बहादुर ढेगा मगर, भिम बहादुर बुडा मगर, प्रसाद खप्तरी मगर रहेका छन् ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल मगर संघका केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र पुन मगरले गुल्मेली मगरहरुको एकता, सद्भाव र मगर समुदायका लागि समितिलाई अझ बृहत्तर बनाएर लैजानु पर्नेमा जोड दिए ।

गुल्मेली मगरहरु मगर संघ, मगर महिलासंघ, लगायत मगर सम्बद्ध संघ संस्थाको पदाधिकारीमा निर्वाचित भएको भन्दै सम्पर्क समितिलाई थप क्रियाशील बनाउन सबैले आआफ्नो क्षेत्रबाट लाग्नुपर्ने बताए ।

‘काठमाडौंमा बस्ने गुल्मेली मगरहरु मगर संघ मात्र होइन अन्य सरकारी गैरसरकारी संघ संस्थाका उच्च ओहदामा पुगेका छन् । उनीहरुलाई पनि संघका कसरी हुन्छ समेट्नुपर्छ,’

अध्यक्ष पुनले भने, गुल्मीका सबै स्थानीय तहको प्रतिनिधित्व हुने गरी समितिलाई अगाडि बढाउनुपर्छ । समितिलाई चलायमान बनाउन आवस्यक सहयोग सबैले गर्नुपर्छ, यो हाम्रो दायित्व हो,’ ।

त्यस्तै कार्यक्रममा नेपाल मगर संघ, सम्पर्क समन्वय केन्द्रीय समितिका महासचिव झविन्द्र पुन मगरले कोरोना महामारी लगायतका समस्याका कारण क्रियाशील हुन नसकेपनि आगामी कार्यकालमा थप शसक्त ढङ्गले लाग्नु पर्ने बताए ।

कार्यक्रममा मगर महिला संघ केन्द्रीय बरिष्ठ उपाध्यक्ष धनकुमारी राना मगरले समितिमा मगर महिलाहरुलाई पनि उल्लेख्यमा मात्रामा समेटेर लैजान सुझाव दिए ।

नव निर्वाचित अध्यक्ष गाहाले सम्पर्क समितिलाई थप सुदृढ बनाउन गुल्मीका १२ वटै स्थानीय तहको प्रतिनिधित्व हुने गरी आगामी कार्र्यकालमा काम गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा मगर समुदायको पहिचान, हक अधिकार र सामाजिक, सांस्कृतिक उन्नयनमा लागेका ६ जना गुल्मेली मगरहरुलाई सम्मान गरिएको थियो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D