गुल्मी, भदौ ०५ । नेकपा एकीकृत समाजवादी पार्टीकी नेतृ तथा पूर्वमन्त्री रामकुमारी झाँक्रीले गुल्मी २ मा नेकपा एमालेको विरासत तोडेर देखाउने घोषणा गरेकी छन् ।
सामाजिक सञ्जालमा उनले आफ्नो तस्बिरसहित पोस्ट गर्दै भनेकी छन्– हजुरहरुको साथ र सहयोगले यो कुरालाई पूर्णता दिन्छ । गुल्मी क्षेत्र नम्बर २ मा एमालेको विरासत तोडेर देखाउँछु ।”
पछिल्लो पल्ट उनी काठमाडौं या गुल्मी कहाँबाट चुनाव लड्ने टुंगो नलागेका समाचार सार्वजनिक भइरहेका थिए ।
झाँक्रीले भने सामाजिक सञ्जालमार्फत् आफू गुल्मीबाटै चुनाव लड्न चाहेको संकेत गरेकी छन् । २०७४ आमनिर्वाचनमा गुल्मी २ बाट एमाले सचिव गोकर्ण विष्ट विजयी भएका थिए । यसपटक पनि विष्ट गुल्मीबाटै प्रतिस्पर्धाको तयारीमा छन् । एमाले विभाजनपूर्व विष्ट र झाँक्री एकै समूहमा रहेका थिए ।