हुमाकान्त पोखरेल
गुल्मी, १४ साउन । गुल्मीमा एक पुरुषको शव फेला परेको छ । जिल्लाको इस्मा गाउँपालिका –६ अम्मरपुरका ३८ बर्षिय टिकाबहादुर कुमालको शव शनिबार फेला परेको हो । उनको धुर्कोट गाउँपालिका –५ वस्तु गान्टारीस्थित छल्दी खोलाको किनारमा शव भेटिएको हो ।
शवको स्थलगत मुचुल्का तयार गरी पोष्टमार्टमका लागि गुल्मी अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधवराज खरेलले जानकारी दिए । घटनाको बारेमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।