डोजर चालक फरार भएपछि गगनको परिवार थप पीडामा

टोपलाल अर्याल
गुल्मी, १ असार । मुसिकोट नगरपालिका २ का १४ बर्षीया गगन रायमाझीको मृत्यु भएको एक हप्ता भए । परिवार काजक्रियामा छन् । गगनको घरबाट बिद्यालयको लागि झोला बोकेर निस्किएको ५ मिनेट नहुँदै डोजरले फालेको ढुङ्गाले लागेर २६ जेठमा मृत्यु भएको थियो । उनले मुिसकोट नगरपालिका ३ को पृथ्वी माविमा कक्षा ९ मा पढ्थे ।

घटनाले बाबा आमासहितको परिवारमा कसैका आँखा ओभाएका छैनन । हुर्केको एक्लो छोरा गुमाउँदा परिवारको पीडा स्वभाविक हो । चालक फरार भएपछि बुबा आमामा छोराको पीडा माथि न्याय नपाउने चिन्ता पनि थपिएको छ । ‘प्रहरीले अहिलेसम्म चालक पक्राउ नगर्दा मनमा पीडासंगै संका उत्पन्न भएको छ । प्रहरीमा लाइसेन्स भएको चालक आउने र कारबाही कम हुने षडयन्त्र हुँदैछ,’गगनका बुवा हरि बहादुर रायमाझीले भने,‘कडा कारबाहीको माग बाहेको बिकल्प परिवारमा रहेन ।’

बिना सूचना डोजर चलाउने चालक शेर बहादुर विक अझै फरार छन् । उनको सवारी चालक अनुमति पत्र पनि नभएको परिवारको दाबी छ । प्रहरीले सुर्य कन्स्ट्रक्सनका निर्माण व्यावसायी बोम बहादुर भाट र लु २ क ९४६७ नम्बरको डोजर नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीमा प्रमुख प्रहरी उपरिक्षक भिम बहादुर दाहालले आफुहरु निरन्तर अनुसन्धानमा भएकाले केहि दिनमै चालक पक्राउ पर्ने जानकारी दिए । उनले डोजर चालक समुदायले देखे जानेकै उपस्थित गराउने र लाइसेन्सको बिषयमा आफुहरु गम्भिर भएको बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ