धुर्कोटमा व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा सम्बन्धी दर्ता शिविरको सुरु

गुल्मी, २७ जेठ । धुर्कोट गाउँपालिकामा व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा सम्बन्धी दर्ता शिविरको सुरुवात भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको समन्वय र धुर्कोट गाउँपालिकाको आयोजनामा शुक्रबारबाट दर्ता शिविर सुरु भएको हो । पहिलो चरणमा वडा नं. ४ जैसिथोक, वडा नं. ५ वस्तु र वडा नं. ६ धुर्कोट रजस्थलमा शिविर संचालन गरिएको छ । नागरिकलाई घरदैलौ नजिक सेवा प्रदान गर्ने उद्देश्यले शिविर संचालन गरिएको हो ।

शिविरमा व्यक्तिगत घटना दर्ता अन्तर्गत जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाईसराईको छुट भएको दर्ता तथा उमेर पुगेर समेत सामाजिक सुरक्षा भत्ताबाट बञ्चित भएका लाभग्राहरुको दर्ता गरिनेछ । शिविर आगामी असार असार १६ गते सम्म संचालन हुनेछ । शिविरको दोस्रो चरणमा वडा नं. १ नयाँगाउँ, वडा नम्बर २ पिपलधारा, वडा नम्बर ३ हाडहाडे एवम् तेस्रो चरणमा वडा नम्बर ७ वाग्लामा संचालन गर्ने तयारी रहेको गाउँपालिकाका एम्आइएस् कम्युटर अपरेटर झविन्द्र भण्डारीले जानकारी दिए ।

धुर्कोट गाउँपालिकाले २०७७ साल पौष १ गते देखि घटना दर्ता अनलाईन गर्नुको साथै सामाजिक सुरक्षा समेत बैँकिङ्ग प्रणालीबाट वितरण गर्दै आइरहेको भण्डारीले जानकारी दिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ