मुसिकोटका जनप्रतिनिधीका प्राथमिकता,गौरवका योजनाको निरन्तरता, कृषिमा लहर र आधारभुत स्वास्थ्यको पहुँच

टोपलाल अर्याल
गुल्मी, १० जेठ । मुसिकोट नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधीले सपथ लिएका छन् । नगरप्रमुख जीवन खरेलले तीन दिन अघिनै सपथ लिएका थिए । नगर उपप्रमुख गंगा श्रेष्टसहित वडाध्यक्ष र सदस्यलाई सोमबार नगरप्रमुख जीवन खरेलले पद तथा गोपनीयताको सपथ खुवाएका हुन् । पद तथा गोपनीयताको सपथपछि पत्रकारसंग कुरा गर्दै नगरप्रमुख जीवन खरेलले आगामी प्राथमिकता बारे आफ्नो धारणा सार्वजनिक गरेका छन् । उनले सोमनाथ सापकोटा नेतृत्वमा संचालन भएका गौरवका योजनाको निरन्तरतासंगै कृषिमा नयाँ लहर र आधारभुत स्वास्थ्यको पहुँच स्थापित गर्ने बताएका छन् ।

अहिले गाउँपालिकाको प्रशासकीय भवन, सभाहल, पर्यटन पुर्वाधार र खेलकुद मैदान लगायतका नौ वटा गौरवका योजनाहरुलाई छिटो सम्पन्न गर्ने आफुहरुको पहिलो प्राथमिकता हुने खरेलले बताए । यी सवै योजना निर्माणाधिन अवस्थामा छन् । मुसिकोटको प्राथमिकताको योजनामा ‘एक घर एक धारा’ लाई पनि निरन्तरता दिएर सवै नगरबासीलाई सफा खानेपानीको पहुँचमा पुराउने संकल्प खरेललको रहेको छ । पहिलो कार्यकालमा ७४ प्रतिशत बढि घरमा ‘एक घर एक धारा’ पुराइएको छ । त्यस्तै अघिल्लो कार्यकालमा सडक संजाल पुगेका सवै वडामा अव सडकको स्तरबृद्धि र केहि महत्पपूर्ण सडकको कालोपत्रे र अत्यावश्वक ठाउँमा नयाँ सडक खोल्ने खरेलले बताए । उनले कृषि उत्पादनको बजार सुनिश्चतासंगै उद्यमीहरुमा कृषिको नयाँ लहर ल्याउने बताएका छन् ।

मुसिकोट नगरपालिकाले बितेको कार्यकालमा उद्यमीको पहिचान, उत्साह र अनुदानका कार्यक्रम संचालन गरेको छ । अब उनीहरुको आर्कषण कम हुन नदिन कृषि उपजको बजारीकरणको ग्यारेण्टीसंगै युवा उद्यमी सहकारी मार्फत रोजगारी सृजना गर्ने खरेलले बताए । नागरिकलले घरघरमै आधारभुत स्वास्थ्यको पहुँच प्राप्त गर्न स्वयसेविकलाई अब्बल बनाउने र स्तर अनुसारको स्वास्थ्य उपचारका सामग्री दिने निर्णय आफुहरुले गरिसकेकाले केहि व्यावस्थापकीय पक्ष मिलाएर केहि दिनमा कार्यक्रम कार्यान्वयन गर्ने नगरप्रमुख खरेलले बताए । त्यस्तै शिक्षाको गुणस्तर बृद्धि गर्न स्थानीय सीप विकाससंं सम्बन्धित पाठ्यक्रम निर्माण गर्ने योजना रहेको उनले बताए ।

नगरप्रमुख खरेल र उपप्रमुख श्रेष्ठले पुर्व जनप्रतिनिधीका अनुभव, ज्ञान र सीप, कर्मचारीको दक्षतासंगै सवै जनप्रतिनिधीको समन्वयनमा समृद्ध मुसिकोट निर्माणको आगामी योजना संचालन हुने बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ