गुल्मीन्युज
गुल्मी, बैशाख ३१ । गुल्मीको ईस्मा गाउँपालिकामा प्रमुख पदका लागि गठबन्दनका तर्फबाट साझा उम्मेदवार नेपाली कांग्रेसका भगतसिंह खड्काले १ हजार १ सय ४३ मतका साथ अग्रता बनाएका छन् ।
पछील्लो अप्डेट अनुसार इस्मा गाउँपालिकाका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी बिच चुनावी गठबन्धनका साझा उम्मेदवार खड्काले रुख चिन्हमा १ हजार १ सय ४३ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका हिरा ए.सीले ९ सय ८९ मत ल्याउंदै उनलाई पछ्याईरहेका छन् ।
उता उपप्रमुखमा पनि रुख चिन्हबाट चुनाव लडेकी गठबन्दनकी उम्मेदवार नेपाली कांग्रेसकी पार्वती कुँवरले अग्रता लिएकी छन् । कुँवर एमालेकी बिमला खत्री भन्दा ३ सय १६ मतले अगाडि छिन् ।