gulminews logo
आईतवार, २०८१ जेष्ठ ६

गुल्मीमा मतगणना स्थलहरुको अनुगमन

सन्तोष महतारा
गुल्मी, १९ बैशाख । गुल्मीमा स्थानीय निर्वाचन अधिकृतको कार्यालय र मतगणना स्थलहरुको अनुगमन गरिएको छ । आउँदो ३० बैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि जिल्ला सुरक्षा समितिद्धारा स्थानीय निर्वाचन अधिकृतको कार्यालय र मतगणना स्थलहरुको अनुगमन गरिएको हो ।

आइतबार जिल्लाको धुर्कोट गाउँपालिका र मदाने गाउँपालिकामा अनुगमन गर्दै प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले सुरक्षाको प्रवन्ध मिलाइएको बताए । ढुक्कसँग निर्वाचनमा सहभागी हुन राजनीतिक दलहरुलाई आग्रह गर्दै प्रमुख जिल्ला अधिकारी पौडेलले मतदान केन्द्रबाट मतगणना स्थलसम्मको सडकलाई मर्मत गर्न आग्रह गरे । मतगणनास्थललाई पारदर्शी बनाएर विवादरहित निर्वाचन सम्पन्न गर्न निर्वाचन अधिकृतलाई आग्रह गर्दै प्रमुख जिल्ला अधिकारी पौडेलले राजनीतिक दललाई सहयोग गर्न आग्रह गरेकाथिए ।

अनुगमनका क्रममा धुर्कोट गाउँपालिकाका राजनीतिक दलहरुले घरघरमा झण्डा नराख्न एकआपसमा सहमति भएको बताएका थिए । उनीहरुले सुरक्षाको अनुभूति भए पुग्ने भएकोले आफ्नो तर्फबाट सबै सहयोग हुने प्रतिबद्धता जनाएका थिए । मदाने गाउँपालिकामा पनि सबै मिलेर निर्वाचन गर्न प्रतिबद्ध रहेको राजनीतिक दलहरुले प्रतिक्रिया दिएकाथिए ।

अनुगमनको क्रममा प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेल, जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक भिम बहादुर दाहाल, संग्राम सार्दुल गुल्म गुल्मीका प्रमुख राजन भुजु, सशस्त्र प्रहरी बल गुल्मीका प्रमुख प्रहरी नायब उपरीक्षक अशोक लम्साल, राष्ट्रिय अनुसन्धान विभाग गुल्मीका प्रमुख अनुसन्धान अधिकृत दिनेश पोखरेल, निर्वाचन अधिकृत माया कुँवर, पत्रकार तिलाचन पाण्डे लगायतको समूह अनुगमन पुगेका थिए ।

गुल्मीमा १५ मतदान स्थल अति संवेदनशील रहेका छन् । गाउँपालिकाका १५ वटा मतदान स्थलहरु अति संवेदनशील रहेको जिल्ला सुरक्षा समिति गुल्मीले जनाएको छ । यस्तै ४१ वटा मतदान स्थलहरु संवेदनशील र ८६ वटा मतदान स्थलहरु सामान्य रहेको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।

संवेदनशील स्थलहरुमा सुरक्षा लगायत अन्य हिसाबले पनि सबै प्रबन्ध मिलाइएको गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले जानकारी दिए । शान्ति सुरक्षाका हिसाबले आफूहरुले सबै प्रबन्ध मिलाएको र निर्वाचनलाई भयरहित बाताबरणमा सम्पन्न गर्नका लागि आफूहरु सक्षम रहेको पौडेलले दाबी गरे । मतदान स्थलहरुलाई वर्गिकरण गर्दा भुगोल, यातायात, जिल्लागत सीमा लगायतका बिषयहरुलाई आधार मानेर वर्गिकरण गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।

जिल्लामा कुल १ सय ४२ मतदान स्थल रहेका छन् । जिल्लामा मतदान केन्द्र २ सय ७९ रहेको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ । जिल्लामा सबैभन्दा कम इस्मा गाउँपालिकामा ८ वटा मतदान स्थल छन् । सबैभन्दा बढी सत्यवती गाउँपालिकामा १६ मतदान स्थल रहेको निर्वाचन कार्यालयका मेघलाल पाण्डेले जानकारी दिए । कालीगण्डकी र मदाने गाउँपालिकामा १०÷१०, गुल्मीदरबार, रुरुक्षेत्र र मालिका गाउँपालिकामा ११÷११, चन्द्रकोट गाउँपालिकामा १४ तथा छत्रकोट गाउँपालिकामा १० मतदान स्थल रहेका छन् । त्यस्तै धुर्कोट गाउँपालिकामा ११ वटा, मुसिकोट र रेसुंगा नगरपालिकामा १५÷१५ वटा मतदान स्थल रहेको पाण्डेले बताए । गुल्मीमा कुल २ लाख २४ हजार २ सय ७६ मतदाता रहेको कार्यालयले जनाएको छ । जसमा महिला १ लाख १४ हजार २ सय ५१ र पुरुष १ लाख १० हजार ५९ रहेका छन् । जिल्लामा २ जना अन्य मतदाता रहेको कार्यालयले जनाएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D