गुल्मीमा साझाद्धारा भित्तेपात्रो बिमोचन

अनिल खत्री
१८ वैैशाख, गुल्मी । साझा नेटवर्क मिडिया प्रालि गुल्मीले नयाँ वर्ष २०७९ सालको भित्ते पात्रो बिमोचन गरेको छ । भित्ते पात्रो रेसुङ्गा नगरपालिका नगरप्रमुख डिल्लीराज भुसालले बिमोचन गरेका हुन् ।

सम्मान तथा भित्ते पात्रो बिमोचन गर्दै रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले पछिल्लो समयमा छापा मिडिया भन्दा पनि अनलाइन मिडियाले निकै फडको मारेको बताए । सबैक्षेत्रको शुसोचित गर्ने संस्था सञ्चार माध्यम भएकाले यसको सहयोग र संरक्षणमा ध्यान दिनुपर्नेमा जोड दिए । उनले धेरै अनलाइन मिडियाहरु खुलीरहेकाले विश्वसनीय माथी घटदै गएको बताए ।

अनलाइन मिडियाले समाचार राख्ने क्रममा कतिपयले झुटो र भ्रामक समाचारहरु पनि सम्प्रेषण गर्ने भएकाले त्यस तर्फ सबैले ध्यान दिनुपर्नेमा जोड दिए । साझा नेटवर्क प्रालिले बिगत १३ वर्ष यता गुल्मी जिल्ला र देश भरका समाचारहरु सम्प्रेषण गर्दै आएको छ । साझा नेटवर्कलाई बिभिन्न तबरले सहयोग गरेको भन्दै जिल्लाका क्रियाशिल पत्रकार सन्तोष महतरालार्ई सम्मान गरिएको संस्थाका सल्लाहाकार हिमशिखर रसायलीलले बताए ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका नगरप्रमुख डिल्लीराज भुसाल र साझा नेटवर्क प्रालिका अध्यक्ष केशव कंडेल लगायतले सम्मान गरेका थिए । कार्यक्रममा जिल्ला स्थित प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेल, सुरक्षा निकायका प्रमुखहरु, जिल्ला स्थित क्रियाशिल पत्रकारहरुको सहभागिता रहेको थियो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ