Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
गुल्मीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना - Gulminews

गुल्मीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

अनिल खत्री
८ बैशाख, गुल्मी । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि गुल्मी जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । जिल्ला सदरमुकाम तम्घासमा एक कार्यक्रमका बिच कार्यालय स्थापना गरिएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसँगै जिल्लाका ११ वटा स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय पनि स्थानपना भएको छ । निर्वाचनको लागि बैशाख ११ र १२ गते हुने उम्मेदवार मनोनयनका दर्ताको तालिका तालिम समेत सार्वजनिक गरेको छ ।

जिल्लामा दर्ता भएका दलहरु १६ वटा दललाई बिभिन्न समय निर्धारण गरिएको मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीले बताए । निर्वाचन सम्पन्न गर्न धेरै चुनौती रहेको उप्रेतीले बताए ।

निर्वाचनमा मतदातालाई कसरी उत्साहपूर्वक सहभागिता गराउने चुनौती रहेको बताए । मतदानमा मतपत्र धेरै हुने सम्भावना रहेकाले दलहरुले मतदाता शिक्षालाई सशक्त भूमिका खेल्न आग्रह गरे ।

मतपत्र कम बदर गराउन दलहरुले बिशेष भूमिका खेल्न आग्रह गरे । मतदाता शिक्षा दिन कार्यालयले पनि बिशेष किसिमले अभियान चलाउनु पर्नेमा जोड दिए ।

उम्मेदवारको मनोनय पत्र दाखिला गर्ने क्रममा रित पुराउनु पर्ने कुरा धेरै रहेको उप्रेतीले दलहरुलाई सुल्झाए बताए । कार्यक्रममा जिल्लाका प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले निर्वाचन सम्पन्न गर्न सुरक्षाको प्रबन्ध मिलाइएको बताए ।

दलहरुले मनोनय दर्ताको दिन हुने कार्याक्रममा सुरक्षा निकायसँग समन्वय गरेर गर्न पौडेलले आग्रह गरे । निर्वाचनको लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरी गाउँगाउँमा खटाइएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

दलहरुको मनोनयन तालिका सार्वजनिक

मुख्य निर्वाचन अधिकृतको कार्यालय गुल्मीले राजनीतिक दलहरुको मनोनयन तालिका सार्वजनिक गरेको छ । नेकपा एमालेका लागि ११ गते दिउँसो २ देखि ४, नेपाली काँग्रेसका लागि १२ गते दिउँसो २ देखि ४ र नेकपा माओवादी केन्द्रको लागि ११ गते दिउँसो १२ देखि २ बजेसम्म मनोयनको समय तोकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय गुल्मीले जनाएको छ । 

त्यस्तै नेकपा एकीकृत समाजवादीका लागि १२ गते दिउँसो १२ देखि २, जनता समाजवादी पार्टीका लागि ११ गते बिहान ११ देखि १२, राट्रिय प्रजातन्त्र पार्टी नेपालका लागि ११ गते दिउँसो २ देखि ४, राट्रिय प्रजातन्त्र पार्टीका लागि ११ गते बिहान १० देखि ११ बजे र राट्रिय जनमोर्चा पार्टीका लागि १२ गते बिहान १० देखि ११ बजेसम्म मनोयनको समय तोकिएको गुल्मीका मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीले जानकारी दिए । 

साथै राष्ट्रिय जनमुक्ति पार्टी गुल्मी, नेकपा माले, बिबेकशील साझा पार्टीकन नलगि ११ गते दिउँसो ४  देखि ५ बजेसम्म मनोयनको समय तोकिएको छ । मंगोल नेशनल अर्गानाइजेशन, नेपाली काँग्रेस वीपी, सामाजिक एकता पार्टी, उन्नत लोकतन्त्र पार्टी नेपाल र जन समाजवादी पार्टी नेपालका लागि १२ गते दिउँसो ४ देखि ५ बजेसम्म समय तोकिएको कार्यालयले जनाएको छ ।

स्वतन्त्र उमेदवारका लागि ११ गते बिहान १० देखि ११ बजेसम्म र अन्य दलका लागि १२ गते १० देखि ११ बजेसम्म मनोयनको समय तोकिएको छ । गुल्मीमा मुख्य निर्वाचन अधिकृतको कार्यालयसहित जिल्लाका १२ सथानीय तहमा निर्वाचन कार्यालय स्थापना भएको छ । 

२७९ मतदान केन्द्र

स्थानीय तह निर्वाचनको लागि जिल्लामा २ लाख २४ हजार २७६ जना मतदाता रहेका छन् । जसमध्ये १ लाख १० हजार ५९ जना पुरुष र १ लाख १४ हजार २१५ जना महिला रहेका छन् ।

२ जना अन्य मतदाता रहेका छन् । जिल्लामा महिला मतादाताको संख्या धेरै रहेको छ । गुल्मी जिल्लामा २०७८ सालको जनगणना अनुसार कुल जनसंख्या २ लाख ४६ हजार ८३६ जना रहेको छ ।

जसमध्ये पुरुष १ लाख १२ हजार ७८८ जना रहेका छन् । महिला १ लाख ३४ हजार ४८ जना रहेका छन् । निर्वाचनको लागि १ सय ४२ मतदान स्थल रहेको छ भने २ सय ७९ वटा मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ ।

दुई निर्वाचन क्षेत्र १२ वटा स्थानीय तह रहेको छ । जिल्लामा ९३ वटा वडा रहेका छन् । जिल्ला निर्वाचन कार्यालय गुल्मीका अनुसार गुल्मीमा ४ सय ८९ जनप्रतिनिधि निर्वाचित हुने भएका छन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D