Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
गुल्मेली समाज जापानका अध्यक्ष अधिकारी र पत्रकारबिच भेटघाट, उत्कृष्ट पत्रकारिता पुरस्कारको घोषणा - Gulminews

गुल्मेली समाज जापानका अध्यक्ष अधिकारी र पत्रकारबिच भेटघाट, उत्कृष्ट पत्रकारिता पुरस्कारको घोषणा

गुल्मी, ३ बैशाख
गुल्मेली समाज जापानका अध्यक्ष महेन्द्र कुमार अधिकारीसहितको टोली र पत्रकारबिच भेटघाट गरिएको छ । सोहि क्रममा समाजका तर्फबाट गुल्मेली पत्रकारहरुको लागि दुई प्रकारको सहयोग गर्ने भएको छ । जिल्लामा विभिन्न विद्यामा कलम चलाउने उत्कृष्ट पत्रकारलाई पुरस्कृत गर्न २५ हजार र महासंघको संस्थागत विकासको लागि एक लाख सहयोग गर्ने निर्णय भएको छ ।

पत्रकार महासंघ गुल्मीले आयोजना गरेको स्वागत तथा पत्रकार भेटघाट कार्यक्रममा गुल्मेली समाज जापानका अध्यक्ष महेन्द्र कुमार अधिकारीले पत्रकार महासंघको संस्थागत विकास र पुरस्कारको लागि सहयोग गर्ने घोषणा गरेका हुन् । संस्थागत रुपमा समाजको तर्फबाट अध्यक्ष महेन्द्र कुमार अधिकारी, सल्लाहकार गोविन्द रिजाल र पत्रकार महासंघको तर्फबाट अध्यक्ष टोपलाल अर्याल तथा उपाध्यक्ष रेशम कुवंरले सम्झौता गरेका छन् ।

पत्रकारसंग कुरा गर्दै अधिकारीले कोभिडको महामारीमा पत्रकार महासंघ गुल्मीले खेलेको भुमिकाको उच्च प्रसंसा गर्दै जिल्ला र परदेश जोडने पत्रकारहरुको कलम र उर्जाका लागि संस्थागत पुरस्कार र सहयोग गरिएको बताए । उनले जिल्लाको विपद्, सामाजिक विकास र गम्भीर प्रकारका रोग लागेका विरामीलाई समाजले लामो समयदेखि सहयोग गर्दै आएको बताए । उनले समाजको तर्फबाट जिल्लाको दजाकोटको आगलागी, ०७२ सालको भुकम्प, सत्यवति पहिरो, इस्मा पहिरोमा विभिन्न आर्थिक तथा भौतिक सहयोग गरेको बताए । उनले आफुहरु पनि कुनै न कुनै बाध्यताले परदेश पसेको बताउँदै अधिकारीले जिल्लाको दुखमा गास काटेर पठाइरहेकाले त्यो सम्बन्ध र सहयोग निरन्तर रहने प्रतिवद्धता जनाए ।

पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल अर्यालसहितको टोलीले समाजका अध्यक्ष अधिकारीसहितको टोलीलाई स्वागत तथा सम्मान गरेको थियो । सोहि क्रममा अर्यालले समाजले पत्रकार महासंघको संस्थागत विकास र पुरस्कार मार्फत पत्रकारलाई उर्जा थपेको भन्दै आभार प्रकट गरे । उनले प्रवासीको सहयोग र महासंघको समन्वयमा अझै थुप्रै रचनात्मक काम गर्ने बताए ।

कोभिडमा गाउँ–गाउँमा स्वास्थ्य सामग्री

समाजले कोभिडको बेला पत्रकार महासंघ संगको समन्वयमा जिल्लाका अधिकांश पालिकाकाहरुमा अक्सिजन कन्सन्टेटर, माक्स, पिपिइ, सेनिटाइज लगायतका स्वास्थ्य सामग्री वितरण गरिएको गुल्मेली समाज जापानका सल्लाहकार गोविन्द रिजालले जानकारी दिए । त्यस्तै केहि समय अघि रेसुंगा ८ मा पहिरोले छोरीहरु गुमाएका तिलक परियारको परिवारलाई दुई लाख २८ हजार पाँच सय आर्थिक सहयोग गरिएको समाजका सल्लाहकार रिजालले बताए । जिल्लामा महामारी र बिपद् बाहेक गम्भीर प्रकारका रोग लागेर आर्थिक अभावमा उपचार नपाएका थुप्रै व्यक्ति पीडामा छन् । उनले त्यस्ता व्यक्तिहरुलाई अवस्था हेरेर समाजले सहयोग गर्ने गरिरहेकोे बताए ।

गम्भीर प्रकारका विरामीलाई सहयोग

समाजले केहि समय अघि जिल्लाका विभिन्न पालिकाका पाँच जना मृगौला पीडितहरुलाई सहयोग गरेको छ । मुसिकोट नगरपालिकाका देवेन्द्र गुरुङ्ग र बिष्णु थापा, इस्मा गाउँपालिकाका कुल बहादुर कुमाल र मधु खत्री तथा चन्द्रकोट गाउँपालिकाका रेशम पौड्याललाई जनही ५० हजारका दरले सहयोग गरिएको गुल्मीले समाज जापानको महिला उपाध्यक्ष लक्ष्मी केसी मर्हजनले जानकारी दिइन् । समाजले एक दशकदेखि जिल्लामा विभिन्न सृजनात्मक काम गरिरहेकाले अहिलेको कार्यसमिति मार्फत अझै योजनावद्ध काम अगाडी बढाउने केसीले बताइन् । कार्यक्रमको स्वागत पत्रकार महासंघका उपाध्यक्ष रेशम कुवर र संचालन सदस्य हुमाकान्त पोख्रेलले गरेका थिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D