Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
चौथो गुल्मी महोत्सव दोस्रो दिनका कार्यक्रम सम्पन्न - Gulminews

चौथो गुल्मी महोत्सव दोस्रो दिनका कार्यक्रम सम्पन्न

अनिल खत्री
२६ चैत गुल्मी । कृषि पर्यटन र उद्योगको व्यापार प्रर्वद्धन गर्न भन्दै सञ्चालन भएकोे चौथो गुल्मी महोत्सवका दोस्रो दिनका कार्यक्रम सम्पन्न भएका छन् । गुल्मी उद्योग वाणिज्य संघ गुल्मीको आयोजनामा ‘गुल्मी जिल्लाको सम्पन्नता र समृद्धिको निकास शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनमा आधारित व्यापारको विकास’ भन्ने नाराका साथ सुरु भएको महोत्सव बैशाख ४ गतेसम्म चल्ने छ ।

महोत्सवमा प्रत्येक दिन हुने साँस्कृतिक कार्यक्रममा राष्ट्रिय कलाकारसँगै गुल्मी जिल्लाबाट राष्ट्रिय तथा स्थानीय स्तरमा चर्चित कलाकारहरुको प्रस्तुती रहनेछ । जस अनुसार महोत्सवको दिन चैत २६ गते शनिवारका दिन लोप्रिय गायक चन्द्र शर्मा, कुलेन्द्र बिक, सीता राना, अनु राना, लालुमाया कुँवर, लगायतका कलाकारहरुको प्रस्तुती रहको थियो ।

१० दिनसम्म चल्ने महोत्सवमा साँस्कृति कार्यक्रमको संयोजन लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीले समन्वय गरेको प्रतिष्ठान गुल्मीका पूर्व अध्यक्ष जनक पन्थले बताए । शनिवार करिव ६ हजार वढि दर्शकले अबलोकन गरेको आयोजकले जनाएको छ ।

महोत्सवमा बिभिन्न औधोगित क्षेत्रबाट उत्पादित सामाग्रीहरुसँगै गुल्मी जिल्लामा बिभिन्न जाती बिशेष रहेका खाना परिकारहरु, बिभिन्न सँस्कृति झल्कीने झाँकीहरु पनि महोत्सव अबधीभर प्रर्दशन गरिएको छ । वाणिज्य संघ गुल्मीले प्रत्येक २ वर्षको अन्तरालमा महोत्सव गर्दै आएको थियो ।

तर कोरोना महामारीले गर्दा तोकीएको समयमा गर्न सकेको थिएनन् । महोत्सवमा गुल्मीमा उत्पादन हुने कफी, तरकारी, माहुरी, च्याउ लगायतका अरू कृषिजन्य सामग्री तथा सेरामीक्स, बाँस तथा निगालोबाट बन्ने सामग्रीहरूलाई उच्च प्राथामिकताका दिइएको छ ।

महोत्सवबाट आम्दानी भएको रकम मध्ये ४० प्रतिशत सामाजिक क्षेत्रमा र बाँकी ६० प्रतिशत बाणिज्य संघको आम्दानीमा राखिने आयोजकले जनाएको छ । महोत्सवमा ८० हजार दर्शकले मेला अवलोकन गर्ने अपेक्षा राखेको गुल्मी उद्योग बाणिज्य संघका अध्यक्ष इश्वरीप्रसाद पौडेलले बताए । महोसत्वमा दुई सय स्टल रहेका छन् ।

महोत्सवलाई व्यवस्थित गर्न ३४ वटा उपसमिति गठन गरिएको छ । महोत्सवबाट जिल्लाको कृषि, घरेलु तथा औधोगिक क्षेत्रको प्रर्बद्धनसगै पवित्र तपोभुमि रुरु, रेसुङ्गा, कंके देउराली, मालिका र कुर्घाको स्वाँरा, शान्तिपुरको टिमुरे ताल सहितका पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसारसँगै राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरुको बेजोड प्रस्तुती रहने छ ।

महोसत्वको तेस्रो दिनका कलाकारहरुमा राधिका हमाल, रमेशराज भट्टराई, कसुल वेल्वासे, सन्तोष केसी, तुल्सिंह रनपछाई, उज्वल गिरी, कुुसुम परियार, समिक्षा विसी लगायतको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D