मलिकामा डिजिटल परिचयपत्र शुभारम्भ

सन्तोष महतारा
गुल्मी, २३ चैत । गुल्मीको मालिका गाउँपालिकामा डिजिटल परिचयपत्र शुभारम्भ गरिएको छ । बुधबार भिलेज प्रोफाइल कार्यक्रम अन्तर्गत गाउँपालिकाका प्रत्येक घरघरमा बनाइने डिजिटल परिचयपत्र शुभारम्भ गरिएको हो ।

गाउँपालिकाका अध्यक्ष रित बहादुर थापाले गाउँपालिकाको केन्द्र अर्खबाङ्गबाट डिजिटल परिचयपत्रको उद्धाटन गर्दै योजना तर्जुमा गर्नको लागि सहज हुने भएकोले डिजिटल परिचयपत्र कार्यक्रम अगाडि सारिएको बताए । “गाउँपालिकाका प्रत्येक घरको अवस्था थाहा पाउन परिचयपत्रले सहयोग गर्छ ।” अध्यक्ष थापाले भने, “सुचना र प्रविधिको क्षेत्रमा मालिकामा महत्वपूर्ण काम भएका छन् ।” घरपरिवारको वास्ताविक बिवरण उपलब्ध हुने परिचयपत्रले विकास निर्माणका काममा सहयोग पुग्ने थापाको भनाई रहेको छ ।

गाउँपालिकाले प्रत्येक घरघरमा डिजिटल घर नम्बर कायम गर्ने गरेर डिजिटल परिचयपत्र बनाउन सुरु गरेको गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीले बताए । परिचयपत्रमा सबै प्रकारका तथ्यांक हेर्न सकिने भन्दै प्रत्येक घरको आर्थिक, सामाजिक र पारिवारिक तथा अन्य सबै प्रकारका २ सय ४६ प्रश्नको उत्तर संकलन गरिने गिरीले जानकारी दिए । । करिब ५ लाखको लगानीमा सबै घरका डिजिटल परिचयपत्र बन्ने गाउँपालिकाको अनुमान छ ।

डिजिटल परिचयपत्रले योजनाहरुको कार्यान्वयनमा सहयोग पुग्ने गाउँपालिकाको अपेक्षा रहेको छ । परिचयपत्रको माध्यमबाट गाउँपालिका भित्र बसोबास गर्ने सबै नागरिकको अवस्था बुझ्न सकिने गाउँपालिकाले जनाएको छ । डिजिटल परिचयपत्रको लागि घरघरमा कर्मचारी खटिएका छन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ