मालिकामा माओवादी केन्द्रको तर्फबाट अर्याल अध्यक्षको उम्मेदवार

हुमाकान्त पोखरेल
गुल्मी, १५ चैत । नेकपा माओवादी केन्द्रले मालिका गाउँपालिकामा देविराम अर्याल ‘अमृत’ लाई अध्यक्षको उम्मेदवार उठाउने भएको छ । पार्टीको शनिबार बसेको गाउँ कमिटी बैठकले अर्यालाई सर्वसम्मत रुपमा गाउँपालिका अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो । उक्त निर्णय अनुमोदनका लागि पार्टीको जिल्ला समन्वय समिति र प्रदेश समितिमा पठाइएको छ । अर्याल हाल नेकपा माओवादी केन्द्र मालिका गाउँकमिटीको अध्यक्ष छन् ।

जनयुद्धकालदेखि नै माओवादी आन्दोलनमा सक्रिय नेता अर्याल ०५७ मा अनेरास्ववियु (क्रान्तिकारी) गुल्मीको कोषाध्यक्ष भएका थिए । त्यसपछि पार्टीको फौजी सेनाको रुपमा काम गरेका अर्याल ०५८ सालमा वामीटक्सारको भिडन्तमा परी खुट्टामा गोली लागेर घाइते भए । ०६० सालमा युद्ध सफल पार्न माओवादीद्धारा गठन गरिएको ‘जनमिलिसिया’ को गुल्मी जिल्ला कमान्डर बने । त्यसपछि पार्टीको जिल्ला कमिटी सदस्य, राज्य समिति सदस्य, वैकल्पिक सदस्य भएका अर्याल दोस्रो कार्यकालका लागि हाल पार्टीको गाउँकमिटी अध्यक्ष छन् ।

पहिलेदेखि नै आफु गाउँमै रहेर जनताको सेवा गरेकोले पालिका अध्यक्षमा आफु नेतृत्वको प्यानलले जित्ने अर्यालले दाबी गरे । ‘मालिकाको सबैभन्दा ठुलो समस्या बेरोजगारी हो ।’ उनले भने, ‘रोजगारीको सिर्जना, सडक, बिजुली, पानी लगायतका सुविधाका लागि माओवादी केन्द्रको जित आवश्यक छ ।’ सामाजिक क्षेत्रका हिसाबले उनी हाल अर्जै माविमा विद्यालय व्यवस्थापन समितिको तेस्रो कार्यकालका लागि अध्यक्ष छन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ