Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
व्यवसायिक बाख्रापालनसम्बन्धि तीन दिने तालिम सम्पन्न - Gulminews

व्यवसायिक बाख्रापालनसम्बन्धि तीन दिने तालिम सम्पन्न

हुमाकान्त पोखरेल
गुल्मी, १५ चैत । व्यवसायीक बाख्रापालनसम्बन्धि तीन दिने प्रशिक्षक एवम् प्रशिक्षण तालिम गुल्मीमा सम्पन्न भएको छ । हेफर प्रोजेक्ट नेपालको आयोजनामा शनिबार, आइतबार सोमबार तालिम सम्पन्न भएको हो । तालिममा परियोजनाका संयोजक, प्राविधिक संयोजक, सामुदायिक सहजकर्ता, बाख्रापालक कृषक र सामुदायिक कृषि तथा भेटेनरी उद्यमी सहित पाल्पा र गुल्मीका ४३ जनाको सहभागिता रहेको थियो ।

तालिममा बाख्रापालनको परिचय र महत्व, स्थानीय बाख्राका जातहरु, विदेशी बाख्राका जातहरु, बाख्राको प्रयोजनका लागि गुणस्तरीय बोकाको छनोट, बाख्रामा हाड–नाता प्रजनन, बाख्राको खोर एवम् आहारा व्यवस्थापन लगायतका बिषयमा प्रशिक्षण दिइएको थियो । त्यस्तै बाख्राको आहाराअन्तरगत स्थानीय स्रमा उपलब्ध स्रोत र साधन, सुत्केरी बाख्राको हेरचाह, बाख्रामा बाँझोपनको समस्या, स्वस्थ्य र अस्वस्थ्य बाख्रामा फरक, बाख्रामा लाग्ने प्रमुख सरुवा रोगहरु, बाख्राको लागि खोप, बीमा लगायतको बिषयमा जानकारी गराइएको परियोजना संयोजक भरत भण्डारीले जानकारी दिए ।

तालिममा हेफर इन्टरनेशलन नेपालका बरिष्ठ कार्यक्रम अधिकृत डाक्टर मुक्ती भण्डारी, पशुकल्याण विभाग विज्ञ डाक्टर सुर्य प्रसाद दाहाल, वित्तिय विभागका सल्लाहकार नरेश सिंह धामी लगायतले प्रशिक्षण दिएका थिए । तीन दिनसम्म तालिम लिएका प्रशिक्षार्थीहरुले कार्यक्रम लागु भएका क्षेत्रका समुहका महिलाहरुलाई प्रशिक्षण दिनेछन् । मासुको उत्पादन तथा उत्पादकत्व बृद्धि गर्ने, बाख्रापालन व्यवसायलाई बृद्धि गर्ने लगायतका उदेश्यले तालिमको आयोजना गरिएको थियो । अहिले हेफर इन्टरनेशनलको कार्यक्रम मदाने, मालिका, धुर्कोट, इस्मा, रेसुङ्गा र मुसिकोटमा लागु भएको परियोजना संयोजक भण्डारीले बताए । त्यसका साथै पाल्पाको तानसेनमा पनि हेफर इन्टरनेशलनको कार्यक्रम लागु भएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D