गुल्मी सिमीचौर समाज रुपन्देहीले गुल्मीका बिद्यालयमा शैक्षिक सामाग्री वितरण

अनिल खत्री
१२ चैत, गुल्मी । गुल्मी सिमीचौर समाज रुपन्देहीले सिमीचौरमा रहेका बिद्यालयमा शैक्षिक सामाग्री वितरण गरेको छ । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–१० र ११ बाट कर्मथलो बुटवल बनाएर बसेका बिभिन्न क्षेत्रका व्यक्तिहरु मिलेर गठित संस्थाले सामाजिक कार्य अन्तरगत बिद्यार्थीलाई शैक्षिक सामाग्र वितरण गरेको हो ।

सिमीचौरमा रहेका ७ वटा बिद्यालयमा पढ्ने आर्थिक अवस्था कम्जोर भएका अशाय अशक्त विद्यार्थीहरुलाई रु १ लाख बराबरको शैक्षिक सामाग्री सहयोग गरेको संस्थाका अध्यक्ष मानबहादुर केसी (सुमन) ले बताए । संस्थाले सिमीचौर क्षेत्रमा रहेका बिद्यालयहरुमा पुगेर आर्थिक अवस्था कम्जोर भएका बिद्यार्थीहरुलाई सानो सहयोग होस भनी सहयोग गरेको हो ।

०७४ सालमा स्थापना भएको संस्थाले आफ्नो स्थापना कालबाटै जन्म भूमि र कर्म भूमिमा शिक्षा र स्वास्थ्यमा नियमित सामाजिक वार्षिक कार्यक्रम गर्दै आइरहेको केसीले बताए । संस्थाले कोरोना महामारीको समयमा पनि स्वास्थ्य सामाग्री सहयोग गरेको थियो । सिमीचौरबाट रुपन्देहीमा बसोवास गर्ने अशाहय अशक्तहरुलाई पनि सहयोग गर्दै आएको छ । संस्थामा रहेका बिभिन्न व्यक्तिहरुबाट आर्थिक रकम संकलन गरेर सामाजमा बिभिन्न पिडामा रहेका नागरिकलाई सहयोग गर्नुपर्छ भन्ने भाव संस्थामा रहेको अध्यक्ष केसीले बताए ।

जन्मभुमिलाई कर्मभूमिबाट सुख-दु:खमा साथ दिनको लागि संस्थाले काम गर्दै आएको उनको भनाई छ । शैक्षिक सामाग्री वितरण गर्न पुगेका संस्थाका पदाधिकारीलाई बिद्यालयको तर्फबाट धन्यवाद समेत दिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ