आगामी निर्वाचनमा एमालेलाई धुलो चटाउछौ: माधव नेपाल

हुमाकान्त पोखरेल
गुल्मी, १२ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आगामी निर्वाचनमा नेकपा एमालेलाई धुलो चटाउने बताएका छन् ।

शनिबार गुल्मीमा नेकपा एकीकृत समाजवादीको जिल्लास्तरिय अगुवा कार्यक्रता भेलालाई सम्बोधन गर्दै नेता नेपालले एमालेविरुद्धका सबै शक्ति एक ठाउँमा उभिएर एमालेलाई भारी मतले पराजित गर्ने बताए । नेता नेपालले दुई पटकसम्म भएको राष्ट्रिय सभा निर्वाचनमा गठबन्ध निर्वाचित भएको र एमालेले पराजय भोगेको स्मरण गराएका थिए ।

एमालेमा ‘बा’ प्रवित्ति हावी भएकोले अब त्यसबाट देश र जनताले निकास प्राप्त गर्न नसक्ने भएकोले आफुहरु कलम चिन्ह लिएर एकीकृत समाजवादीको नामबाट नेपाली कम्युनिष्ट आन्दोलनलाई अगाडी बढाउने बताए । गुल्मीको सन्दर्भमा पनि एमाले बाहेकका दलहरुसँग गठबन्ध गरेर निर्वाचनमा जाने सहमती भएको नेपालले जानकारी दिए । गुल्मीबाट जितेका केही स्वार्थी नेताहरु केपी ओलीसँग गएर ठिक गरेको नेपालको भनाई छ ।

नेपालले गुल्मेली जनताले जिताएर पठाएका नेता गफाडि भएको आरोप समेत लगाए । गुल्मी जिल्ला सदरमुकाम तम्घासमा पार्टिको भेलालाई संबोधन गर्दै अध्यक्ष नेपालले गुल्मीबाट अहिले जितेर गएका नेताहरु केबल जनतालाई झुट्टा आस्वासन मात्रै दिने नेता भएको बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै एकीकृत समाजवादीकी सचिव एवम् शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले गुल्मीको लागि रेसुङ्गा नगरपालिकामा सभाहल, सालझण्डी पटौटी सडक लगायतका काम अगाडी बढाएको जानकारी गराएकी थिइन् । निर्वाचनको सन्दर्भमा गुल्मीमा सत्तागठबन्धन नै तालमेल गरेर अगाडी गर्ने संकल्प गरेको बताइन् । आफु शहरी विकास मन्त्री भएपछि धेरै पूर्वाधारका काम अगाडी बढाएको र गुल्मीका दुई नगरपालिकामा मात्रै एक अर्ब बजेट बिनियोजन गरेको उनले बताइन् । कार्यक्रमको अवसरमा जिल्लाका विभिन्न पालिकाहरुबाट झण्डै दुई सय जना कार्यक्रताहरु नेकपा एसमा प्रवेश गरेको पार्टीका केन्द्रिय सदस्य प्रमेश पोखरेलले जानकारी दिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D