धुर्कोट र इस्माका ९० घरमा खानेपानीका धारा

हुमाकान्त पोखरेल
गुल्मी, ०६ चैत । धुर्कोट र इस्माका ९० घरमा शुद्ध खानेपानीको धारा पुगेको छ । धुर्कोटको वडा नम्बर ४ जैसिथोक गोपेका ४० एवम् इस्मा गाउँपालिका –२ पालुखाका ५० घरमा ‘एक घर–एक धारा’ पुगेको हो । ‘एक घर एक धारा’ को शनिबार धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले उद्घाटन गरे ।

गोपेकी कुन्ता खत्रीलाई पहिले एक गाग्रो पानी लिन एक घण्टा लाग्थ्यो । उनी जुकेपानी, पानीकुन्टा वा खजुरेमा गएर पानी ल्याउथिन् । तर अहिले घरमै धारा आएसँगै सहज भएको उनी बताउछिन् । ‘घरमै पानी आउला भन्ने कहिल्लै सोचेका थिएनौं ।’ उनले भनिन्, ‘अहिले जिवनशैलिमा धेरै परिवर्तन आएको छ ।’

अर्की स्थानीय पवित्रा पोखरेलले जनप्रतिनिधिले निर्वाचनमा गरेका बाचा पुरा गरेको बताइन् । ‘स्थानीय तहको निर्वाचनमा उम्मेदवारहरुले पानी ल्याइदिने आश्वासन दिएर भोट मागेका हुन् ।’ उनले भनिन्, ‘निर्वाचनताका आश्वासन पुरा गरेका छन् ।’ घरमा पानी आएसँगै घरका आधा काम घटेको र उक्त समयमा अन्य काम गर्न पाएको बताइन् । आयोजनाका पूर्व सचिव एवम् पालुखा माध्यमिक विद्यालयका प्रध्यानाध्यापक बाबुराम खत्रीले घरमै पानी आएसँगै विद्यार्थीको शैक्षिक भविष्यमा सुधार आउने बताए । ‘पानी बोक्ने समय विद्यार्थीले पढाइमा लगाउन सक्छन् ।’ खत्रीले भने, ‘पानीको कारण विद्यार्थीहरु ढिला गरी विद्यालय आउने समस्या अन्त्य हुनेछ ।’ त्यसका साथै घरमा पानी आएसँगै अहिले स्थानीयले तरकारी लगाउन थालेको खत्रीले बताए ।

जैसिथोक लिफ्ट खानेपानी योजना, रौताडी र गोपे स्कीम अन्तरगत गोपे स्कीम आयोजनाबाट ९० घरधुरीमा पानीको धारा पुगेको हो । २०७१ सालमा सुरु भएको योजनामा अहिलेसम्म कुल तीन करोड ३५ लाख खर्च भएको छ । जुकेपानी, पानीकुन्टा र खजुरेबाट लिफ्टिङ प्रविधिबाट पानी ल्याइएको छ । सबैभन्दा टाढा पनाहा खोला नजिकबाट पाँच सय मिटर माथि ट्याङ्किमा पानी ल्याइएको आयोजनाका रौताडी स्कीमका अध्यक्ष पूर्णप्रसाद पोखरेलले जानकारी दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले खानेपानी पुगेसँगै बसाइसराई रोकिने विश्वास व्यक्त गरे । त्यसका साथै उनले निर्वाचनमा गरेका प्रतिवद्धताहरु पुरा गर्नेतर्फ आफुहरु उन्मुख रहेको बताए । तर इस्मा गाउँपालिकाका नागरिकका घरमा पानीको धारा पुग्दा इस्मा कुनै बजेट बिनियोजन नगर्नु दुखद् रहेको पोखरेलले बताए । गाउँपालिका उपाध्यक्ष शिव बहादुर खत्रीले घरमा पानी पुगेसँगै अब सरसफाई गर्ने, घरमै हरियो तरकारी उत्पादन गर्नुपर्ने धारणा राखे । कार्यक्रमको अवसरमा खानेपानी योजनाको लागि जग्गा उपलब्ध गराउने फुलकुमारी दर्जी, पदम बहादुर खत्री, दामोदर पोखरेल, तील कुमारी खत्री, चुरामणी कोइराला र निर्मला खत्रीलाई सम्मान गरिएको थियो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ