होली पर्वको अबसरमा गुल्मीमा देखिएन उत्साह

अनिल खत्री
३ चैत, गुल्मी । होली पर्वको आबरमा गुल्मी जिल्लामा पनि मनाइएको छ । जिल्ला सदरमुकाम तम्घास बजार सहित ग्रामीण वस्तीहरुमा रहेको मुख्य बजार केटाकेटीदेखि युवाहरु र पाका नागरिक पनि रमाइलो गर्दै होली खेलेर मनाएका हुन् ।

कोरोना कहरले गर्दा २ वर्षसम्म होली पर्व मनाउन नपाएकाहरु यसवर्ष रमाइलो गर्न पाउदा निकै रमाइलो लागेको बताएका छन् । कोरोनाको प्रभाव कायमै रहेपनि साथीहरुसँग रमाइलो गरेर होली मनाएको स्थानीय युवा रोशनसिंह ठकुरीले बताए ।

कोरोना कहरभन्दा अगाडीका वर्षहरुमा जस्तो रमाइलो नभएपनि साथीसाथी बिचमा रङ, अबिर र लोला खेलेर रमाइलो गरेर मनाइएको ठकुरीले बताए । अघिल्ला वर्षहरुमा तम्घास बजारमा बिभिन्न संघ संस्था समुह मिलेर होली खेल्ने गर्नाले निकै रमाइलो र चहलपहल हुने गर्दथ्यो ।

तर यसवर्ष त्यस्तो भव्य रुपमा होली खेल्ने जमात भने घटेको पाइएको छ । विभिन्न रङ, अबिर र लोला खेलेर होली मनाउने परम्परा छ । आपसमा खुसी साटासाट गर्दै मनाइने यो पर्वको बेग्लै धार्मिक, साँस्कृति र सामाजिक महत्व छ । होली पर्वलाई मेलमिलाप र सदभावको पर्वको रुपमा पनि लिइन्छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ