पूर्व मुख्यसचिव पौडेलद्धारा स्वास्थ्य सामग्री हस्तान्तरण

हुमाकान्त पोखरेल
गुल्मी, ०२ फागुन । नेपाल सरकारका पूर्व मुख्यसचिव लिलामणी पौडेलले रुरुक्षेत्र गाउँपालिकाका स्वास्थ्य संस्था एवम् विद्यालयमा स्वास्थ्य सामग्री प्रदान गरेका छन् । पौडेलले आइतबार रानिवासमा रहेको जनबोध माध्यमिक विद्यालय र रिमुवामा रहेको रिमुवा माध्यमिक विद्यालयलाई दुई÷दुई हजार थान माक्स प्रदान गरेका हुन ।

त्यस्तै रिमुवा स्वास्थ्य चौकी र ग्वादी स्वास्थ्य चौकीको लागि एक÷एक वटा अक्सिजन कन्सनटेटर एवम् ग्वादीका महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाई माक्स वितरण गरेको स्थानीय किसन ज्ञवालीले जानकारी दिए । सरकारी सेवाबाट बिदा लिएपछि पौडेल सामाजिक कार्यमा सक्रिय छन् । यसभन्दा अगाडी उनले जिल्ला अस्पताल, रुरुक्षेत्रकै विभिन्न स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए ।

त्यसैगरी उनले रुरुबजार सरसफाईको अभियान पनि संचालन गरेका थिए । स्वास्थ्य सामग्री वितरण कार्यक्रममा माओवादी केन्द्र रुरुक्षेत्र गाउँकमिटीका अध्यक्ष यदु ज्ञवाली, बरिष्ठ उपाध्यक्ष एवम् वडाध्यक्ष हरी ज्ञवाली लगायतको उपस्थिति रहेको थियो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ