कर्मचारीलाई कोरोना संक्रमण भएपछी मालपोत कार्यालय गुल्मी ६ दिनका लागि बन्द

अनिल खत्री
१२ माघ, गुल्मी । गुल्मी जिल्लाका बिभिन्न कार्यालयहरु धमाधम बन्द हुँदै जान थालेका छन् । मालपोत कार्यालय गुल्मी ६ दिनका लागि बन्द रहने भएको छ ।

मालपोत कार्यालय प्रमुख सहित केहि कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला मालपोत कार्यालय गुल्मीका माघ १७ गतेसम्मको लागि बन्द रहने भएको हो । कार्यालयले एक सूचना जारी गर्दै आन्तरिक बाहेकका नियमित कामकाज तथा सेवाहरु बन्द रहने भएका छन् ।

कार्यालयको नियमित कामकाजमा रहेका कर्मचारीहरु उच्च जोखिममा रहेको तथा सेवाग्राहीहरु समेत जोखिममा पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै सेवा बन्द गरिएको मालपोत कार्यालय गुल्मीले जनाएको छ । मंलवारबाट जिल्ला प्रशासन कार्यालय गुल्मीले पनि अनिश्चित कालका लागि सेवा बन्द गरेको छ ।

कर्मचारीमा कोरोना पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय गुल्मीले अत्यावश्यक बाहेकका अन्य सेवा पनि बन्द गरेको हो । जिल्लामा हाल ३६१ जना कोरोनाका संक्रिय संक्रमित रहेका छन् । दोस्रो लहरको कोरोनाका कारण जिल्लामा ९७ जनाको मृत्यु भएको थियो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ