Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
मृतक बहिनिहरुको सम्झनामा दिदिद्वारा विद्यार्थीलाई न्यानो कपडा सहयोग - Gulminews

मृतक बहिनिहरुको सम्झनामा दिदिद्वारा विद्यार्थीलाई न्यानो कपडा सहयोग

अनिष पन्थी
गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्वर ८ थुम्कामा गत असोज ६ गते तिलक परियारको घर माथिबाट पहिरो आई घरको कोठामा सुतिरहेका छोरीहरु २१ बर्षकी भावना परियार र १४ बर्षका जुम्ल्याहा छोरी गंगा जमुनाको मृत्यु भएको थियो।

एकै घरका तीन बहिनिको मृत्यु भएपछि बहिनिहरुको नाममा जम्मा भएको पैसा मृतक बहिनिहरुकी दिदी सुजता परियारले गोर्खाली युवा सशक्तीकरण सस्था रुपन्देही मार्फत २० जना विद्यार्थी लाई न्यानो कपडा हस्तान्तरण गरेकी छिन ।

बहिनिहरुको नाममा जम्मा भएको ११ हजार बराबरको कपडा २० जना विद्यार्थीलाई हस्तान्तरण गरेको उक्त सस्थाका उपाध्यक्ष भरत जङ्ग क्षेत्रीले बताए ।

रामजानकी प्राथमिक विद्यालय सियारी ७ अमवा रुपन्देहीमा अध्यनरत बिद्यार्थी मध्य ८७ जना विद्यार्थी हरुलाइ न्यानो कपडा वितरण गर्ने क्रममा मृतक बहिनिहरुकी दिदी सुजताले ११ हजार बराबरको न्यानो कपडा २० जना बिद्यार्थीलाई हस्तान्तरण गरेको बताइएको छ।

यसरी मृत्युु भएको थियो तीन दिदिबहिनीकाे :- राती करिब १ बजे घरमाथिबाट पहिरो आई घरको पर्खाल भत्किदा एउटै कोठामा सुतिरहेका तीनै जनाको पुरिएर मृत्यु भएको हो ।
उनीहरुको शब स्थानीय, नेपाली सेना र नेपाल प्रहरीले निकालेको थियो । एक तले पक्की घरको पछाडी पट्टी बाट पर्खाल भत्कीदा एउटै कोठामा सुतेका तीन दिदि बहिनिको मृत्यु भएको हो । घरधनी तिलक परियार,उनकी श्रीमती र अर्की छोरी सुरक्षित भने सुरक्षीत रहेका थिए।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D